काठमाण्डौ । बजार घट्ने क्रम फेरि सुरु भएको छ । लामो समयसम्म घटेको बजारमा मुद्रा तथा पूँजीबजार सुधारका लागि अर्थमन्त्रीबाट गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सम्बद्ध पक्ष अग्रसर भएपछि केही दिन उछालको अवस्था देखिएको थियो । तर, उछालको यो प्रवृति धेरै दिन टिक्न सकेन । बजार फेरि निरन्तर ओरालो लागिरहेको छ ।
विश्लेषकहरुले यो समयलाई बजारमा सेल लागेको समय समेत भन्न भ्याएका छन् । यस्तो अवस्थामा आफ्नो कम्पनीको सेयर न्यून मूल्यमा बिक्री गरी बजारबाट बाहिरिनुको साटो होल्ड गर्न र पैसा हुनेले दोश्रो बजारमा निकै सस्तो मूल्यमा पाइने सेयर उठाउन विज्ञहरुले सुझाव दिइरहेका छन् ।
आश्चर्य नै मान्नुपर्छ, विज्ञहरुको यो सही सुझावलाई कार्यान्वयन गर्न नचाहने लगानीकर्ता निकै कमजोर ग्रेडका आइपीओमा पैसा हाल्न भने मरिहत्ते गरेर दौडिरहेका देखिन्छ । यसलाई आइपीओ भन्नेबित्तिकै मरिहत्ते गर्ने प्रवृतिको परिणाम भन्न सकिन्छ । ग्रेड ५ को रेटिङ पाएका कम्पनीका आइपीओ किन्न तँछाडमछाड गर्ने लगानीकर्ताले दोश्रो बजारमा आइपीओ भन्दा कम मूल्य र आइपीओकै हाराहारीमा फालाफाल पाइने सेयरको खरीदारीमा भने नजरअन्दाज गरिरहेका छन् ।
अहिलेको समयमा समेत दोश्रो बजारमा ७ कम्पनीको सेयर आइपीओ भन्दा पनि न्यून मूल्य र धेरै कम्पनीको सेयर आइपीओकै हाराहारीमा पाइराखिएको छ ।
सातवटा कम्पनीको सेयर मूल्य आइपीओ मूल्य रु. १०० भन्दा तल झरिसकेको छ ।
आँखुखोला जलविद्युत कम्पनी, दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, नेशनल हाइड्रो, रिदी हाइड्रो र सिनर्जी पावरको मूल्य आइपीओभन्दा कम छ । कर्णाली विकास बैंकको दोश्रो बजार मूल्य १०० रुपैयाँ रहेको छ । यी ७ कम्पनीमध्ये सबैभन्दा कम नेशनल हाइड्रोको प्रतिकित्ता ६९ रुपैयाँ मात्र रहेको छ ।
दोश्रो बजारमा सूचिकृत अन्य २५ कम्पनीको मूल्य समेत आइपीओ नजिक छ ।
राष्ट्रिय स्तरका विकास बैंक ज्योति विकास बैंक र कामना सेवा विकास बैंकको मूल्य समेत आइपीओ नजिक छ । ज्योति विकास बैंकको मूल्य प्रतिकित्ता १३४ रुपैयाँ र कामना सेवाको मूल्य प्रतिकित्ता १३८ रुपैयाँ रहेको छ । देव विकास बैंकको मूल्य समेत रु. १२९ मा झरिसकेको छ । यस्तै, सांग्रीला डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १३९ रुपैयाँ रहेको छ ।
जनता बैंक नेपालको संस्थापक सेयरको मूल्य समेत घटेर १२१ रुपैयाँमा झरिसकेको छ ।
रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, जेबिल्स फाइनान्स, हाथ्वे फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतको मूल्य समेत आइपीओ नजिक पुगिसकेको छ । अन्य कुन कम्पनीको मूल्य घटेर कति पुग्यो ? हेरौं यो टेबल:
दोश्रो बजारमा सूचिकृत कम्पनीहरुको सेयरमा मात्र सेल लागेको छैन, म्युचुअल फण्डहरुमा समेत लगानीको उस्तै अवसर छ । ५ वटा म्युचुअल फण्डको प्रति इकाई खूद मूल्य १० रुपैयाँ भन्दा तल झरेको छ ।
सबैभन्दा कम लक्ष्मी इक्वीटी फण्डको मूल्य रहेको छ । यो स्किमको न्याभ ७.४१ रुपैयाँमा झरिसकेको छ । अन्यको मूल्य यसप्रकार छ:
Mutual Fund | NAV |
Laxmi Equity Fund | 7.41 |
Nabil Equity Fund | 8.41 |
NIC Asia Growth Fund | 9.06 |
NMB Hybrid Fund L-1 | 9.1 |
Siddartha Equity Fund | 9.1 |
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19