काठमाण्डौ । दोश्रो बजारमा सूचिकृत धेरै कम्पनीको सेयर निकै सुविधाजनक रेटमा उपलब्ध भइरहेको छ । राम्रा कम्पनीको सेयर समेत न्यून मूल्यमा झरेका कारण पछिल्लो समय बजारमा खरीद चाप बढेको देखिन्छ । सूचिकृत ठूला कम्पनीको मात्र होइन, विभिन्न मर्चेन्ट बैंकरहरुको व्यवस्थापनमा संचालित म्युचुअल फण्डका इकाई समेत दोश्रो बजारमा निकै सस्तो मूल्यमा फालाफाल पाइराखिएको छ ।
सर्वसाधारणमा प्रति इकाई १० रुपैयाँको दरले आइपीओ जारी गरी लगानी जुटाई संचालनमा रहेका अधिकांश म्युचुअल फण्डको इकाई मूल्य १० रुपैयाँ भन्दा तल छ । यसको अर्थ म्युचुअल फण्डहरुको सेयर दोश्रो बजारमा आइपीओ मूल्य भन्दा सस्तोमा फालाफाल छ भन्ने हो ।
नेप्सेमा सूचिकृत यस्ता स्किममध्ये बुधबारको मितिसम्म एउटाको मात्र दोश्रो बजारमा प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा माथि छ । त्यो हो एनएमबी सुभल इन्भेष्टमेन्ट फण्ड, जसको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रति इकाई १० रुपैयाँ ७१ पैसा रहेको छ ।
बाँकी सबैको मूल्य १० रुपैयाँ भन्दा तल छ ।
नवील इक्वीटी फण्डको इकाई दोश्रो बजारबाटै ८.३६ रुपैयाँमै उपलब्ध छ । लक्ष्मी इक्वीटी फण्डका इकाई ८ रुपैयाँकै हाराहारीमा फालाफाल छ ।
ग्लोबल आइएमई समुन्नत स्किम १ को अवस्था समेत उस्तै छ । अन्य म्युचुअल फण्डका इकाई समेत आइपीओ मूल्यभन्दा तल नै पाइराखिएको छ । कुन म्युचुअल फण्ड दोश्रो बजारमा कतिमा पाइन्छ ? यो टेबल हेर्नुहोस्:
यो टेबल बुधबारको कारोबार समयपछिको बजार मूल्यको आधारमा तयार पारिएको हो ।
.......................................................................
म्युचुअल फण्ड दोश्रो बजारको विषयमा यथेष्ठ ज्ञान नहुनेहरुका लागि लगानीको राम्रो अवसर हो । तर, सबै म्यचुअुल फण्डबाट नाफै हुन्छ भन्ने हुँदैन । सर्वसाधारणबाट लगानी उठाएर त्यसलाई दोश्रो बजारमा व्यवस्थित ढंगले लगानी गर्ने काम म्युचुअलफण्डहरुले गर्छन् । यसकारण दोश्रो बजार घटेको बेला म्युचुअल फण्ड समेत सुपर घाटामा जान्छन् भने बढेको बेला नाफामा जान्छन् । नाफामा गएपछि प्रति इकाई खूद सम्पत्ति मूल्य १० रुपैयाँ माथि हुन्छ । घाटामा गए १० देखि तल झर्छ ।
यसर्थ, म्युचुअल फण्ड भनेरै बुझ्दै नबुझी लगानी गर्नु उपयुक्त चाहि हुँदैन । फण्ड संचालकको विजिनेश ट्रयाक रेकर्ड, विगतमा यस्ता स्किम चलाएका भए तिनीहरुको अवस्था र लाभांशको इतिहास, कम्पनीभित्रको सुशासन तथा विवरणपत्र लगायतका विषयमा ध्यान दिएर लगानीको निर्णय लिन सकिए, फुर्सदमा पछुताउनु पर्ने दिन आउँदैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago