काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा चारवटा कम्पनीका १ करोड १५ लाख भन्दा बढी सेयर थपिएको छ । 

एक वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस सेयर थपिएको हो । 

सबैभन्दा बढी सोल्टी होटल लिमीटेडको ६६ लाख ६१ हजार १६३ कित्ता बोनस सेयर बजारमा थपिएको छ । 

यस्तै, हिमालयन बैंकको ४० लाख ५७ हजार बढी, साल्ट  ट्रेडिङ कर्पोरेसनको ३ लाख ७ हजार बढी र मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार भन्दा केही बढी सेयर थपिएको हो । 

चारवटा कम्पनीको कुल १ करोड १५ लाख ९७ हजार ६० दशमलव २२ कित्ता सेयर थपिएको हो । 

कुन कम्पनीको कुल कति कित्ता सेयर थपियो ? हेर्नुहोस्  सूचि:

  • मिसन डेभलपमेन्ट बैंक: ५,७१,२०८.२२
  • सोल्टी होटल लि.:६६,६१,१६३(बोनस सेयर)
  • हिमालयन बैंक: ४०,५७,२६५(बोनस सेयर)
  • साल्ट ट्रेडिङ कर्पोरेसन: ३,०७,४२४