काठमाण्डौ । नागरिक लगानी कोष(सीइआटी)को सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीेले लकडाउनपछि दोस्रो बजारमा आक्रामक ढंगले सेयर खरीद गर्ने भएको छ ।

लकडाउनका कारण दोश्रो बजारमा प्रवेश गर्ने कोषको योजना स्थगित भए पनि अवस्था सामान्य भएर बजार खुलेलगत्तै केही प्रक्रियाहरु पूरा गरी आक्रामक ढंगले दोश्रो बजारमा प्रवेश गर्ने योजना बनाएको हो । 

नयाँ सहायक कम्पनी नागरिक स्टक डिलरको बोर्ड संरचना बनिसकेको जानकारी दिँदै कोषका कार्यकारी निर्देशक रमण नेपालले लकडाउन खुुल्ने बित्तिकै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको क्रमशः सिफारिस र लाइसेन्स लिएर बजार प्रवेश गर्ने बताए । 

हालसम्म नागरिक लगानीकोषका तर्फबाट ३ जना, नेपाल दूूूरसञ्चार प्राधिकरणबाट १ जना र नेपाल पुुर्नबीमा कम्पनीका तर्फबाट १ जनासहित जम्मा ५ जनाको बोर्ड संरचना तयार भइसकेको छ । तत्कालका लागि कोषका डेपुुटी कार्यकारी निर्देशक डा. इन्द्रकुुमार कट्टेल कोषको तर्फबाट संचालकको रुपमा स्टक डिलर कम्पनीमा काम गर्नेछन् ।

नागरिक स्टक डिलर कम्पनीलाई समेत घरभाडा पिरलो छ । लकडाउन भएकाले घरभाडाका लागि गरिएको टेण्डर आव्हानमा कुुुनै प्रतिक्रिया नआएको, कार्यालय सेटअप गर्नुुुपर्ने चूूनौति, कम्प्युुटर सफ्टवेयर जडान, कर्मचारी भर्ना तथा नियुुक्तिका काम समेत बाँकी नै रहेको नेपालले सुनाए । 

नागरिक स्टक डिलरकै छुुट्टै बोर्ड र व्यवस्थापन बनाएको र उनीहरुको निर्णय बमोजिम नै दोस्रो बजारबाट सेयर खरिदको अन्तिम निर्णय हुने बताइएको छ । 

हिजोआज लकडाउनका अवधिमा धितोपत्र बोर्ड र नेप्सेबाट आंशिक कामकार्वाही भइरहेको र नेप्सेबाट सिफारिस र सिस्टम पूूर्ण रुपमा हाल लिन सक्ने अवस्था चाहि नरहेकाले समेत यो समयमा डिलरको लागि सिफारिस र लाइसेन्स लिन नसकिएको स्रोतको दाबी छ । 

कोषका अधिकारीहरु लकडाउनपछि बजार छिर्ने उपयुुक्त समय भएको र अधिकांश कम्पनीका सेयरमूूल्य पनि न्यूूनतम मूूल्यमा आइपुुगेकाले समेत डिलरले आक्रमक खरिद गर्ने बताउँछन् ।