काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५५ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिका कम्पनीको नाफा ९९ लाख ८१ हजार रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले ४ करोड ६६ लाख बढी सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षमा यस्तो आम्दानी ४ करोड ५३ लाख रुपैयाँ रहेको थियो । 

कम्पनीले मुख्य रुपमा खर्च घटाएर नाफा बढाएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको खर्च १ करोड ५३ लाख रुपैयाँ रहेकोमा त्यसलाई घटाएर समीक्षा अवधिमा १ करोड ३३ लाखमा सीमित गर्न कम्पनी सफल देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७६.२४ रुपैयाँ, तरलता अनुपात १.५० प्रतिशत र मूल्य आम्दानी अनुपात १३०.६९ गुणा कायम भएको छ । 

कुल ६२ करोड चुक्तापूँजी रहेको यो कम्पनीको रिजर्भ भने १४ करोड ७२ लाखले नेगेटिभ छ । 

दोश्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३१४ रुपैयाँ रहेको छ । 

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा भने यो कम्पनी घाटामा गएको थियो ।