काठमाण्डौ । दोस्रो बजारमा बढोत्तरी हुँदा म्युचुअल फण्डहरु चम्किन थालेका छन्।
असार मसान्तसम्मको अवधिमा म्युचुअल फण्डहरुको वित्तीय स्वास्थ्यमा तीव्र सुधार हुन थालेको देखिएको छ।
म्युचुअल फण्डहरुले प्रत्येक महिनाको वित्तीय विवरण प्रकाशित गर्नुपर्ने हुन्छ। हाल देशमा सञ्चालित सबै बन्दमुखी म्युचुअल फण्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) सुधार हुन थालेको देखिएको हो।
सर्वसाधारणबाट ससाना फण्डहरु जम्मा गरेर सो रकम म्युचुअल फण्डका व्यवस्थापकहरुले दोस्रो बजारमा लगानी गर्ने गर्दछन्। दोस्रो बजारको विषयमा धेरै ज्ञान नहुने लगानीकर्ताका लागि म्युचुअल फण्ड लगानीको उत्तम विकल्प हो।
पछिल्लो २ दिन असार मसान्तको विवरण प्रकाशित गरेका म्युचुअल फण्डहरु अवस्था यस्तो छ :
सानिमा इक्विटी फण्ड
सानिमा क्यापिटलको व्यवस्थापन र सानिमा बैंकको प्रवद्र्धनमा सञ्चालित ७ वर्षे बन्दमुखी सानिमा इक्विटी फण्डको असार मसान्तसम्मको न्याभ ११ रुपैयाँ ३९ पैसा कायम भएको छ। जेठ मसान्तसम्म १० रुपैयाँ ११ पैसामा सीमित थियो।
यो फण्डले असार मसान्तसम्म १७ करोड ६५ लाख बढी आम्दानी गरेको छ। अघिल्लो महिनासम्मको आम्दानी १ करोड ५ लाखमा सीमित थियो।
समीक्षा अवधिसम्म यो फण्डले सूचीकृत सेयरमा १ अर्ब रुपैयाँ, बैंक मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ, ऋणपत्रहरुमा ७ करोड ५२ लाख रुपैयाँ र सूचिकृत नभएका सेयरमा ३ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ।
असार मसान्तसम्म यो फण्डले २३ वाणिज्य बैंक, १० विकास बैंक, १९ लघुवित्त संस्था, ३ जीवन बिमा कम्पनी, ५ निर्जीवन बिमा कम्पनी, ७ जलविद्युत कम्पनी, ४ सामूहिक लगानी कोष, उत्पादन तथा प्रशोधन समूहको एक तथा अन्य समूहका ३ कम्पनीको सेयरमा लगानी गरेको छ।
नबिल इक्विटी फण्ड
नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ७ वर्षे बन्दमुखी नबिल इक्विटी फण्डको असार मसान्तसम्मको न्याभ १० रुपैयाँ ६६ पैसा रहेको छ। जेठ मसान्तसम्मको न्याभ ९ रुपैयाँ ७९ पैसामा सीमित थियो।
समीक्षा अवधिमा यो फण्डले २० करोड ५० लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो महिनासम्मको नाफा ९ करोड ७० लाख रुपैयाँ रहेको थियो।
यो फण्डले सूचीकृत सेयरमा ६३ करोड ५८ लाख रुपैयाँ र ऋणपत्रमा ६ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ भने सूचीकृत नभएका सेयरमा १ करोड ५२ लाख रुपैयाँ र मुद्दति १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ।
असार मसान्तसम्म यो फण्डले २० वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, १० वटाच लघुवित्त, ५ वटा जलविद्युत, ४ वटा जीवन बीमा, ५ वटा निर्जीवन बीमा र ७ वटा अन्य समूहका कम्पनीको सेयरमा लगानी गरेको छ।
नबिल ब्यालेन्सड् फण्ड २
१० वर्षे बन्दमुखी यो फण्डको असार मसान्तसम्मको न्याभ ११ रुपैयाँ ९ पैसा रहेको छ। जेठ मसान्तसम्मको न्याभ १० रुपैयाँ ५३ पैसामा सीमित थियो।
समीक्षा अवधिमा यो फण्डले ११ करोड ८० लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो महिनासम्मको नाफा ५ करोड ४३ लाख रुपैयाँ रहेको थियो।
यो फण्डले सूचीकृत सेयरमा ३४ करोड ६५ लाख रुपैयाँ र ऋणपत्रमा १५ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ भने सूचीकृत नभएका सेयरमा ६३ लाख ९३ हजार रुपैयाँ र मुद्दति ६ करोड २० लाख रुपैयाँ लगानी गरेको छ।
असार मसान्तसम्म यो फण्डले ११ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक, ७ वटा लघुवित्त, ४ वटा जलविद्युत, ३ वटा जीवन बीमा, ६ वटा निर्जीवन बीमा र ८ वटा अन्य समूहका कम्पनीको सेयरमा लगानी गरेको छ।
सिटिजन्स म्युचुअल फण्ड २
सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ७ वर्षे बन्दमुखी यो फण्डको असार मसान्तसम्मको न्याभ ११ रुपैयाँ ०९ पैसा रहेको छ। जेठ मसान्तसम्मको न्याभ १० रुपैयाँ १८ पैसामा सीमित थियो।
समीक्षा अवधिमा यो फण्डले ६ करोड ४८ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो महिनासम्मको नाफा १ करोड ३९ लाख रुपैयाँ रहेको थियो।
यो फण्डले सूचीकृत धितोपत्रमा ३३ करोड ७६ लाख रुपैयाँ, सूचीकृत हुन बाँकी धितोपत्रमा १८ लाख ४२ हजार रुपैयाँ र स्थिर आय उपकरणमा ८ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ।
असार मसान्तसम्म यो फण्डले १७ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक, २ वटा वित्तीय संस्था, ७ वटा लघुवित्त, एउटा जलविद्युत, ४ वटा जीवन बीमा, ६ वटा निर्जीवन बीमा, दुईवटा अन्य समूहका कम्पनी, सामूहिक लगानी कोषअन्तर्गत ३ वटा म्युचुअल फण्ड, चारवटा ऋणपत्र र सूचीकृत हुन बाँकी एक/एकवटा ऋणपत्र, लघुवत्त र इन्स्यारेन्समा लगानी गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago