काठमाण्डौ। कुमारी क्यापिटल लिमिटेडले बिक्रीमा ल्याएको कुमारी इक्विटी फन्डको इकाइ खरिदका लागि कुल इकाइको ५३ प्रतिशत इकाइ बिक्री भइसकेको छ।
क्यापिटलका सीओओ पुष्प शर्माका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाइको ५३ प्रतिशत इकाइ बिक्री भइसकेको छ। क्यापिटलले माघ १४ गतेदेखि प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँबराबरको कुल ८ करोड इकाइ बिक्रीमा ल्याएको हो। फन्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणहरुलाई बिक्री गर्न लागेको हो।
उक्त फन्डमा न्यूनतम १०० देखि ८० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19