काठमाण्डौ । दोस्रो बजारमा मंगलबार २ लाख ११ हजार ३१२.५ कित्ता सेयर थपिएको छ । 

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई बाँडेको बोनस सेयरबापतको उक्त परिमाणको सेयर दोस्रो बजारमा मंगलबार सूचीकृत भई कारोबारमा आएको हो । 

यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४/७५ को मुनाफा तथा जगेडाकोषबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेको थियो ।कम्पनीको चुक्तापुँजी १४ करोड ८ लाख रुपैयाँबाट २ करोड ११ लाख मूल्यबराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ११ लाख १२ हजार १७१ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।