काठमाण्डौ । दोस्रो बजारमा बिहीबार दुईवटा कम्पनीका ४३ लाख १८ हजार कित्ता सेयर थपिएका छन् ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर र नागबेली लघुवित्त विकास बैंक लिमिटेडको बोनस सेयरहरु नेप्सेमा सूचीकृत भई बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आएका हुन् । जसअनुसार ग्रामीण विकासको ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर र नागबेली लघुवित्तको १ लाख ४३ हजार ८००.४१ कित्ता बोनस सेयर कारोबारमा आएका छन् ।