काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि सेयर बजार लय लिन सक्ने लगानीकर्ताहरुले अपेक्षा गरेका थिए। तर, मौद्रिक नीतिमा अपेक्षित व्यवस्था नआउँदा लगानीकर्ताहरु निराश भए। जसका कारण बजार लामो समयदेखि साइडवेजमा चलिरहेको छ।
हाल बजारमा ठूलो अंकको उतारचढाव हुन सकेको छैन। कतिपय लगानीकर्ताले मौद्रिक नीति सन्तुलित आए पनि सेयर बजारमा नयाँ पैसा नआउँदा बजारले गति लिन नसकेको बताउँछन्। बैंकहरुको सन्तुलित रिपोर्ट आउनु र लाभांशको पनि सिजन सुरु हुन लागेकोले बजार फेरि लयमा फर्किन सक्ने आशा लगानीकर्ताहरुमा जीवितै देखिन्छ।
साइडवेजमा चलिरहेको बजारमा पछिल्लो समय केही सेक्टर राम्रै चलेका छन्। यद्यपि, बैंकिङ सेक्टर नचलेसम्म बजारमा वास्तविक बुल नआउने पनि पुराना लगानीकर्ताहरुको तर्क रहेको छ।
हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १९ वटामा नेप्सेमा सूचीकृत छन्। तीमध्ये लक्ष्मी सनराइज बैंकको सेयर कारोबार मर्जरपछि एकीकृत कारोबार सुरु भएको दिनदेखि रोक्का रहेको छ। अन्य १८ वटाको भने सेयर कारोबार भइरहेको छ।
सेयर कारोबार भइरहेका वाणिज्य बैंकहरुको सेयरभाउ ५ वटाको २०० रुपैयाँभन्दा तल रहेको छ भने ७ वटाको ३०० रुपैयाँभन्दा कम रहेको छ। दुईवटा वाणिज्य बैंकको भाउ भने ३०० रुपैयाँभन्दा माथि रहेको छ।
अहिले दोस्रो बजारमा एनआईसी एसिया बैंकले लिड गरिरहेको छ। यो बैंकको सेयरभाउ ८०० रुपैयाँ नजिक रहेको छ।
त्यस्तै एभरेस्ट बैंकको सेयरभाउ पनि ६०० रुपैयाँभन्दा माथि रहेको छ। यो बैंकका प्रतिकित्ता ६२० रुपैयाँ अन्तिम कारोबार भएको छ।
नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरभाउ भने ६०० रुपैयाँभन्दा तल रहेको छ। आजको अन्तिम कारोबार मूल्यअनुसार नबिलको प्रतिकित्ता ५९९ रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्डको ५६४ रुपैयाँ कायम भएको छ।
लाभांश क्षमता हेरेर पनि अहिले लगानीकर्ताहरुले बैंकको सेयर उठाइरहेको हुन सक्ने अनुमान गर्न सकिन्छ।
आर्थिक वर्षको वित्तीय रिपोर्टअनुसार लाभांश क्षमतामा सबैभन्दा अगाडि एभरेस्ट बैंक देखिएको छ। यो बैंकले ४१ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने देखिन्छ।
उता एनआईसी एशिया बैंकले ३१.९९ प्रतिशत लाभांश बाँड्नसक्ने देखिएको छ। यो बैंकले टाइट पुँजीकोष अनुपातका कारण गत वर्ष पनि लाभांश बाँड्न पाएको थिएन।
लाभांश क्षमतामा स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि माथि देखिएको छ। यो बैंकले २८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिन्छ। डबल डिजिटमा लाभांश बाँड्नसक्ने बैंकहरुमा कृषि विकास बैंक (१९.८९), सानिमा बैंक(१७.७३), माछापुच्छ्रे बैंक(१५.२९), नबिल बैंक(१४.६४) र नेपाल एसबीआई बैंक(१३.९३) छन्।
खराब कर्जा ह्वात्तै बढेर प्रभिजनको रुपमा ठूलो रकम छुट्याउनुपर्दा हिमालयन बैंकको लाभांश क्षमता ऋणात्मक बनेको छ। प्राइम कमर्सियल बैंक, प्रभु बैंक, एनआईएमबी तथा कुमारीको अवस्था केही खस्किएको छ। तर, यी बैंकहरुले यो वर्ष आकर्षक लाभांश बाँड्न नसके पनि प्रभिजनका रुपमा राखिएको पैसा सम्बन्धित लोन रिकभर भएपछि नाफाकै रुपमा फिर्ता आउने हुँदा आगामी वर्ष लगानीकर्ताले आकर्षक लाभांश पाउने सम्भावना चाहिँ रहेको छ।
बजार जानकारहरु पछिल्लो समय मर्जरका कारण बैंकको संख्या घटे पनि पुँजी बढेकोले सेयरभाउ तल आएको बताउँछन्। तर, पनि बैंकिङ सेक्टर चलेपछि बजारमा बुल आउने र बैंकहरुको सेयरभाउ पनि बढ्ने उनीहरुको विश्वास छ। यो बेला सस्ता र राम्रा बैंकको सेयर उठाएर राख्न सके भविष्यमा भने राम्रै प्रतिफल पाउन सकिने उनीहरुको तर्क छ।
यस्तो छ वाणिज्य बैंकहरुको अन्तिम कारोबार मूल्य–

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19