काठमाण्डौ । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से इन्डेक्स १२.५८ अंकले घटेर १९०८ विन्दुमा कायम हुन पुगेको छ। 

नेप्सेमा रहेका १३ सबइन्डेक्समध्ये उत्पादन तथा प्रशोधन र व्यापार उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै इन्डेक्स राताम्य भएका छन्। बीमा उपसूचक दुवै घटेका छन्। जीवन बीमा उपसूचक १ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८० प्रतिशतले घटेको छ। 

बीमा समूहका दुवै उपसूचक घट्दा आज प्रभु इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ। कम्पनीको सेयरभाउ १.०८ प्रतिशत अर्थात् ७.२० रुपैयाँले बढेर ६७१.१० रुपैयाँ पुगेको छ। 

त्यस्तै, आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ आज ४.८९ प्रतिशत अर्थात् २६.४० रुपैयाँले घटेर ५१३.४०  रुपैयाँमा कायम भएको छ। 

दोस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ १.७८ प्रतिशतले घटेर ४२४.६०  रुपैयाँ कायम भएको छ। 

त्यस्तै, एलआइसी नेपालको १.७० प्रतिशत, सलिकोको १.५९ प्रतिशत, नेसनल लाइफको १.४८ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको १.४६ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०९ प्रतिशत, एसियन लाइफको १.०७ प्रतिशत, नेपाल लाइफको १.०५ प्रतिशत, आईएमई लाइफको १.०३ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.९९ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.९४ प्रतिशत, सन नेपाल लाइफको ०.८७ प्रतिशत, सूर्यज्योति लाइफको ०.८९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६१ प्रतिशत, एनएलजीको ०.४० प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.२८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२७ प्रतिशत र हिमालयन लाइफको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ। 

त्यस्तै, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा ४ बीमा कम्पनी परेका छन्। रिलायबल नेपाल लाइफको ३ करोड ३६ लाख, सिटिजन लाइफको २ करोड ९४ लाख, सानिमा जिआइसी इन्स्योरेन्सको २ करोड १४ लाख र आइएमई लाइफको २ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।