काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
यो दिन बजार ११.६ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २७५७.५३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७५ अंकले घटेर ५१८.२५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि घटेर सवा ४ अर्ब रुपैयाँ बढीको भएको छ।
लगानीकर्ता दबाब समूहका महासचिव नयन अहिले धेरै लगानीकर्ता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कुरहेको बसिरहेकोजस्तै देखिएको बताउँछन्। सोहीका कारण लगानीकर्ताहरु सक्रिय रुपमा कारोबारमा नउत्रिएका कारण बजार झिनो अंकले तलमाथि रहेको उनको भनाइ छ।
आज बजार घट्नुको मुख्य कारण भने एनटीसीमा दबाब पर्दा नै रहेको बास्तोला बताउँछन्। ‘अन्यथा आज बजार सकारात्मक नै हुन्थ्यो’, उनले भने।
बास्तोलाले सेयर धितो कर्जामा गरिएको ४–१२ को क्यापमा केही हेरफेर हुन सक्ने अनुमान गर्छन्। ‘तरलता पनि सहज हुन सक्छ’, उनले भने।
पछिल्लो समय सेयर बजारमा आकर्षण बढेकोले बजार मजबुत नै रहेको बास्तोला बताउँछन्। ‘सरकारले जति कस्नु थियो कस्यो, अब कस्ने ठाउँ छैन’, उनले भने, ‘केही न केही सकारात्मक खबर आउन सक्छ।’
सक्रिय लगानीकर्ता विष्णु भुसाल बजारको करेक्सन लगभग पूरा भइसकेको अवस्था रहेको बताउँछन्। ‘धेरै लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेर बसेका छन्’, उनले भने, ‘मौद्रिक नीतिमा सेयर बजारका लागि हाल कायम व्यवस्थामा केही हेरफेर हुन सक्नेमा लगानीकर्ताहरु ढुक्क छन्।’
राजनीतिक कारणले पनि बजार सकारात्मक हुने सम्भावना रहेको भुसाल बताउँछन्। ‘आसन्न निर्वाचनका कारण पनि बजार सकारात्मक नै हुने देखिन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.४९ प्रतिशतले उकालो लागेको छ भने जलविद्युत समूह ०.४१ प्रतिशतले बढेको छ।
आज व्यापार समूह सर्वाधिक १.८७ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.८३ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.२८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५१ प्रतिशत, विकास बैंक समूहमा ०.१३ प्रतिशत, वित्त समूहमा ०.७२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५२ प्रतिशत, लघुवित्त समूहमा ०.३२ प्रतिशत, जीवन बीमा समूहमा ०.९३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२२ प्रतिशत र लगानी समूहमा ०.८५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९.३३ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक ५० करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोको २३ करोड ८४ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनटीसीको २२ करोड ६२ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २१ करोड ५० लाख रुपैयाँ, अरुण काबेली पावरको १४ करोड २५ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ६७ लाख रुपैयाँ, एचआईडीसीएलको ११ करोड ६५ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ८ करोड ७४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ ८ प्रतिशतले बढेको छ।
आज तेह्रथुम पावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतले बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago