काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार ओरालो लागेको छ।
बजार आज १९.८४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २७३४.४४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४७ अंकले घटेर ५१८.६६ को विन्दुमा ओर्लेको छ। बजारमा आज ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
बजार जानकार प्रकाश रजौरे सेयर बजारमा राजनीतिको प्रभाव परेको बताउँछन्। ‘एमसीसीको विषयमा पेचिलो बनेको छ, यसको सत्तासझेदार दलले विरोध गरिरहेको छ, सडक आन्दोलनमा तातेको छ’, उनले भने, ‘यिनै कारणले प्राविधिक रुपमा बलियो देखिएको बजार आज घट्यो।’
प्राविधिक रुपमा बजारमा करेक्सन सकिएको पनि रजौरेले बताए। ‘बजार बुलिस ट्रेन्डमै छ तर राजनीतिको प्रभाव पर्यो’, उनले भने, ‘तर बजारमा अब ठूलो करेन्स आउँदैन। आत्तिनुपर्दैन।’
सक्रिय लगानीकर्ता विष्णु भुसाल एमसीसीकै कारणले गर्दा बजार घटेको बताउँछन्। ‘राजनीतिसँगै सेयर बजारमा पनि अन्यौलता देखियो, धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘त्यसैले आज कारोबार पनि घट्न पुग्यो।’
भुसाल चुनावी महौला सुरु हुन लागेकोले बजार पनि माथि नै जाने बताउँछन्। ‘अब केही समय बजार सामान्य अंकले तलमाथि गर्ने देखिन्छ’, उनले भने, ‘ठूलो उतारचढाव हुँदैन।’
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ।
यो दिन अन्य समूह ०.४४ प्रतिशत र जीवन बीमा समूह ०.१४ प्रतिशतले उकालो लागेको छ।
आज जलविद्युत समूह सर्वाधिक २.१८ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.८४ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३ प्रतिशत, व्यापार समूहमा १.४७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०८ प्रतिशत, वित्त समूहमा १.८१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३६ प्रतिशत, लघुवित्त समूहमा ०.७७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत र लगानी समूहमा १.६८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ५६ लाख ५२ हजार १८२ कित्ता सेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अपी पावरको सर्वाधिक २१ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको १७ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १६ करोड ८ लाख रुपैयाँ, नेपाल टेलिकमको १४ करोड ८८ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको १३ करोड २५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड १ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ८ करोड ९९ लाख रुपैयाँ, निफ्राको ८ करोड २३ लाख रुपैयाँ, एचआईडीसीएलको ७ करोड २५ लाख रुपैयाँ र अप्पर तामाकोशीको ७ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज गुराँस लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago