काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार ओरालो लागेको छ।
आज बजार १४.६४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४८.१६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.११ अंकले घटेर ३९२.२५ को विन्दुमा ओर्लेको छ। आज १ अर्ब रुपैयाँको पनि कारोबार हुन सकेन।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बजार घट्नुको मुख्य कारण तरलता नै रहेको बताउँछिन्। ‘किन्नेहरुले पनि बजार अब कता जाला भन्ने अन्यौलताका कारण नकिन्दा र बेच्नेले पनि घटेर बेच्न नचाहँदा कारोबार घटेको हो’, उनले भनिन्, ‘ट्रेडरहरुका लागि अहिले बजार खासै उपयुक्त देखिएको छैन। तर इन्भेस्टरका लागि भने यो उपयुक्त समय हो।’
सक्रिय लगानीकर्ता महेश रिजाल मार्जिन कलले बजारमा दबाब सिर्जना भएको बताउँछन्। केही सकारात्मक समाचार आउँदा अघिल्लोपटक बजार बढेको उल्लेख गर्दै उनले ४–१२ को सीमामा ठूलो परिवर्तन नहुने छाँट देखिएपछि लगानीकर्ताहरु फेरि अन्यौलमा परेको बताए। ‘सरकारले गठन गरेको सुझाव समितिमा समेत लगानीकर्ताको सहभागिता नहुनुले लगानीकर्ताहरु असन्तुष्ट देखिन्छन्’, उनले भने।
राष्ट्र बैंकले नीतिगत परिमार्जन नगरे असार मसान्तसम्म बजारमा सामान्य उतारचढाव नै हुने रिजाल बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा ओरालो लागेको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.०२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.८२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३१ प्रतिशत, व्यापार समूहमा १.२६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२६ प्रतिशत, विकास बैंक समूहमा १.१ प्रतिशत, जलविद्युत समूहमा ०.३ प्रतिशत, वित्त समूहमा १.१९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९३ प्रतिशत, लघुवित्त समूहमा ०.५७ प्रतिशत, जीवन बीमा समूहमा ०.७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३१ प्रतिशत र लगानी समूहमा ०.८४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ३० लाख ४५ हजार ८३६ कित्ता सेयर ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन कुमारी बैंकको सर्वाधिक ५ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल इन्भेस्टमेन्ट बैंकको ४ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको आज मेगा बैंकको ३ करोड १८ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड १२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड २ लाख रुपैयाँ, नागरिक लगानी कोषको २ करोड २४ लाख रुपैयाँ, नबिल बैंकको २ करोड २३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड ५ लाख रुपैयाँ र अप्पर तामाकोशीको १ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। ग्रीन भेन्चर्स र उपकार लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा बलेफी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
आज सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago