काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज २१.१६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९५१.८४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.८७ अंकले घटेर ३७९.०८ को विन्दुमा झरेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर सवा १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे अहिले बजारमा दसैँको पनि प्रभाव देखिएको बताउँछन्। ‘दसैँका लागि लगानीकर्ताहरुले पैसा जोहो गर्न सेयर बेचिरहेको जस्तो देखिन्छ’, उनले भने।
आजको बजार सानिमा माई हाइड्रोपावरले घोषणा गरेको लाभांशले पनि प्रभावित भएको घिमिरेको तर्क छ। ‘बैंकको ब्याजदर र तरलता संकटले पनि बजारमा असर परिरहेको देखिन्छ’, उनले भने।
सीडी रेसियो पनि केही टाइट हुँदैको घिमिरेको बताउँछन्। ‘दीर्घकालका लागि घट्दो बजारमा भने लगानीको अवसर रहेको छ’, उनले भने।
सक्रिय लगानीकर्ता दमोदर गजुरेल पनि अहिलेको अवस्थामा दीर्घकालका लागि लगानी गर्ने उपयुक्त समय रहेको बताउँछन्। ‘अल्पकालीन र स्विङ ट्रेडरहरुका लागि भने अहिले बजार त्यति उपयुक्त देखिँदैन’, उनले भने।
गजुरेल पनि आज सानिमा माई हाइड्रोपावरले घोषणा गरेको न्यून लाभांशले पनि बजारमा मनोवैज्ञानिक प्रभाव परेको बताउँछन्। ‘प्राविधिक रुपमा पनि बजार कमजोर नै रहेको देखिन्छ’, उनले भने, ‘अर्को बटम बनाउन बजार खसेको हुन सक्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ।
यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.४ प्रतिशतले उकालो लागेको छ।
आज वित्त समूह सर्वाधिक २.१२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.०५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५३ प्रतिशत, व्यापार समूहमा १.५२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१२ प्रतिशत, विकास बैंक समूहमा १.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४८ प्रतिशत, अन्य समूहमा १.५६ प्रतिशत, लघुवित्त समूहमा १.१७ प्रतिशत, जीवन बीमा समूहमा ०.९२ प्रतिशत र लगानी समूहमा १.२९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्से उपसमूहमा सूचीकृतमध्ये २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१३ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक ९ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ९ करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको आज सानिमा माई हाइड्रोपावरको ८ करोड ५५ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ६६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाँ, अपी पावरको ३ करोड ९४ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ८० लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ५३ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड १३ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन उन्नति सहकार्य लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीको वृद्धिसहित पोजिटिभ सर्किट लागेको छ।
आज सानिमा माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago