काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १४.२२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८७३.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि २.६८ अंकले बढेर ३६६.६५ को विन्दुमा पुगेको छ। कारोबार रकम ९३ करोड रुपैयाँ बढी भएको छ।
बजार जानकार मुक्ति अर्याल नयाँ सरकार गठनको विषय तीव्रता पाउँदा बजारमा बढोत्तरी भएको बताउँछन्। ‘कांग्रेसबाट अर्थमन्त्री बन्ने हल्ला बजारमा चलेको छ, यसको पनि सकारात्मक प्रभाव बजारमा परेको हुन सक्छ’, उनले भने, ‘यद्यपि लगानीकर्ताको मनोबल बढिसकेको भन्ने अवस्था भने छैन।’
बजार बढ्नलाई लगानीकर्ताको मनोबल बढ्नै पर्ने अर्याल बताउँछन्।
अर्का बजार जानकार दामोदर गजुरेल आज बढाइले बजार घट्न रोकिएको मान्न सकिने बताउँछन्। प्राविधिक रुपमा पनि बजारको १८५० बटम मान्न सकिने गजुरेलको भनाइ छ।
सरकार गठनको विषयले पनि बजार सकारात्मक बनेको हुन सक्ने गजुरेलको तर्क छ। ‘अधिकांश लोन सेटलमेन्ट भइसकेकोले पुस मसान्तको प्रभाव बजारमा पर्ने देखिँदैन’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.४० प्रतिशतले उकालो लागेको छ। अन्य समूह २.३१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५४ प्रतिशत, विकास बैंक समूहमा ०.२५ प्रतिशत, वित्त समूहमा ०.४२ प्रतिशत, जलविद्युत समूहमा ०.७६ प्रतिशत, लगानी समूहमा ०.१९ प्रतिशत, जीवन बीमा समूहमा ०.९३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४५ प्रतिशत, लघुवित्त समूहमा ०.७१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३८ प्रतिशत र व्यापार समूहमा ०.८१ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५७ कम्पनीका ३० लाख २२ हजार ५२ कित्ता सेयर ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक ६ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सिभिल बैंकको ४ करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ३ करोड ८२ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ३६ लाख रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सको २ करोड ८२ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ७३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड २८ लाख रुपैयाँ, सिवाईसी लघुवित्तको २ करोड २८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको संस्थापक सेयरको २ करोड ३ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको १ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। आँधिखोला लघुवित्त र श्रृजनशील लघुवित्तको सेयरभाउमा १० प्रतिशत र धौलागिरी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो।
यो दिन फरवार्ड माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ३ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago