काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १७.२६ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०४६.२९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७२ अंकले बढेर ३९४.०२ को विन्दुमा पुगेको छ। कारोबार रकम ४ अर्ब रुपैयाँ बढीको भएको छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला केही दिनदेखि बढेको बजारमा आज केही बिक्री आएको देखिन्छ। ‘यसले नाफा बुक भएको संकेत गर्छ’, उनले भने, ‘यद्यपि किन्नेले पनि देखिएको बजार पोजिटिभ भएर बन्द भएको छ।’
सबै कुरा सकारात्मक बन्दै गएकोले बजार माथि नै जाने देखिएको बास्तोला बताउँछन्। ‘सर्वोच्च अदालतले नयाँ व्यापारिक लाइसेन्सको वितरण प्रक्रियामा सेबोनकै पक्षमा फैसला गर्न सक्ने देखिएको छ’, उनले भने, ‘ब्याजदर पनि घट्ने सम्भावना छ, नीतिगत फेरबदल पनि होला।’
अब बजार करेक्सन हुँदै माथि नै जाने बास्तोला बताउँछन्। ‘अहिलेको अवस्था हेर्दा बजारले लय समातेको देखिन्छ’, उनले भने।
बजार जानकार महेश रिजाल पनि आज केही नाफा बुक भएको बताउँछन्। ‘कारोबार बढ्नुमा केही स्मार्ट मनी पनि बजारमा प्रवेश गरेको हुन सक्छ’, उनले भने।
बियरिस ट्रेन्ड लगभग सकिएको रिजाल बताउँछन्। ‘माघको अन्त्यसम्म बजार २५०० सम्म पुग्न सक्छ’, उनले भने, ‘अब बजारको घट्ने दरभन्दा बढ्ने दर बढी हुने देखिन्छ।’
यो दिन जीवन बीमा समूह सर्वाधिक २.९९ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह १.९५ प्रतिशत बढ्दा बैंकिङ समूहमा ०.४० प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५२ प्रतिशत, जलविद्युत समूहमा ०.२४ प्रतिशत, लगानी समूहमा १ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६३ प्रतिशत, लघुवित्त समूहमा ०.६६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३९ प्रतिशत, अन्य समूहमा १.६४ प्रतिशत र व्यापार समूहमा ०.३१ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह ०.२० प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.०४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६१ कम्पनीका १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नबिल बैंकको सर्वाधिक २२ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १९ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको १५ करोड ८० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २९ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ८३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ८२ लाख रुपैयाँ, रिडी पावरको ७ करोड ८१ लाख रुपैयाँ, अपी पावरको ७ करोड ६९ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। श्रृजनशील लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा खप्तड लुघवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो।
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चर, मिथिला लघुवित्त र रिभर पल्स पावरका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीको सेयरभाउमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago