काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
आज बजार १८.०९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१४३.९३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.५१ अंकले बढेर ४११.२३ को विन्दुमा पुगेको छ। कारोबार रकम ५ अर्ब बढीको कारोबार भएको छ।
बजार जानकार प्रकाश रजौरे बजार केही समयदेखि लयमा चलेको बताउँछन्। ‘केही समयअघि धेरै लगानीकर्ताको मनोबल घटेको थियो’, उनले भने, ‘सरकार र राष्ट्र बैंकको तालमेल मिलेको देखिन्छ। सोही कारण अहिले लगानीकर्तामा आशा जागेको हो।’
प्राविधिक रुपमा पनि बजार बढ्ने नै देखिएको रजौरे बताउँछन्। ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केही परिमार्जन हुन सक्ने आश गर्न सकिन्छ’, उनले भने, ‘किनकि चालुपुँजी कर्जामा कार्यान्वयनमा आएको केही समयमै परिमार्जन भएको छ।’
अर्का बजार जानकार यज्ञ घिमिरे लगानीकर्तामा मनोबल बढ्दा तथा सरकार र राष्ट्र बैंकबीचको समन्वय सकारात्मक हुँदा बजार लयमा फर्किएको बताउँछन्। ‘बजार अब यहाँभन्दा तल नजाने भएपछि एफडीमा राखेको पैसा पनि झिकेर लगानीकर्ताले लगानी गरेका छन्’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ५.७५ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ३.१४ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.०९ प्रतिशत, वित्त समूहमा २.८२ प्रतिशत, जलविद्युत समूहमा १.७७ प्रतिशत, जीवन बीमा समूहमा १.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.०१ प्रतिशत, लघुवित्त समूहमा १.३० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४५ प्रतिशत र व्यापारमा २.१२ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूह ०.८७ प्रतिशत घट्दा बैंकिङ समूहमा ०.३४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सार्वधिक ४३ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको २१ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ८४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड २ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ७१ लाख रुपैयाँ, नबिल बैंकको ९ करोड ७० लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ८ करोड ८५ लाख रुपैयाँ, अपी पावरको ८ करोड १३ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ७ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ९ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशील लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा बराही हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी, इस्टर्न हाइड्रोपावर र हिमालयन पावर पाटर्नरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन प्रिमियर इन्स्योरेन्सको सेयरभाउमा ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
आज मनकामना स्मार्ट लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यी दुवैको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago