काठमाण्डौ । सेयर बजारमा मंगलबार दोहोरो अंकको करेक्सन आएको छ।
बजार आज २१.३४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१९०.४२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७५ अंकले घटेर ४१९.१६ को विन्दुमा झरेको छ। कारोबार रकम साढे ७ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज घटाइ नितान्त करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘धेरै बढेकोले आज बजारमा करेक्सन आएको हो’, उनले भने, ‘यसले बजारलाई थप मजबुत बनाउँछ।’
आजमात्रै सरकारले विश्वासको मत लिइरहेको र अब विस्तार नीतिगत परिवर्तनहरु हुँदै जाने ढकालको भनाइ छ। ‘बजार अब सकारात्मक नै हुने देखिन्छ’, उनले भने।
बजार जानकार मुक्ति अर्याल पनि आजको घटाइलाई नाफा बुकका रुपमा लिनुपर्ने बताउँछन्। ‘आज बजारमा झन्डै १०० अंकको उतारचढाव भएको देखिन्छ’, उनले भने, ‘कारोबार पनि बढेको छ।’
आज संसदमै प्रधानमन्त्रीले पुँजीबजारका बारेमा बोलेकोले अब बजार सकारात्मक हुने अर्यालको भनाइ छ। ‘अब पुँजीबजारका बारेमा कसैले पनि नकारात्मक कुरा गर्दैन भन्ने पनि यसबाट प्रस्ट हुन्छ’, उनले भने।
माघ महिनामा ब्याजदर पनि घट्न सक्ने कुरा सुनिएको अर्याल बताउँछन्। ‘यसले पनि बजार बढ्नलाई टेवा पुग्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
यो दिन बैंकिङ समूह सर्वाधिक ०.६० प्रतिशतले उकालोको छ। म्युचुअल फन्ड समूह पनि ०.२२ प्रतिशतले बढेको छ।
आज बैंकिङ समूहमा सर्वाधिक ४.३१ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ३.४१ प्रतिशतले घट्दा विकास बैंक समूहमा १.०६ प्रतिशत, जलविद्युत समूहमा ०.६८ प्रतिशत, लगानी समूहमा १.१९ प्रतिशत, जीवन बीमा समूहमा २.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०१ प्रतिशत, लघुवित्त समूहमा २.०१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८७ प्रतिशत, अन्य समूहमा २.४८ प्रतिशत र व्यापार समूहमा २.५६ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५४ कम्पनीका २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५८० रुपैयाँमा कारोबार भएका छन्।
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक २१ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको २० करोड ६७ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको १८ करोड १५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १६ करोड ७२ लाख रुपैयाँ, शिवम सिमेन्टको १६ करोड ३४ लाख रुपैयाँ, अपर तामाकोशीको १५ करोड ४२ लाख रुपैयाँ, युनिभर्सल पावरको १५ करोड १ लाख रुपैयाँ, नेपाल टेलिकमको १४ करोड ८१ लाख रुपैयाँ, एचआईडीसीएलको १४ करोड ४५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १४ करोड १२ लाख रुपैैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन बाराही हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।
आज तारागाउँ रिजेन्स होटेलका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19