काठमाण्डौ । सेयर बजार मंगलबार पनि दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज १५.७० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१११.६८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३६ अंकले घटेर ४००.६२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार सरोज भट्टराई राजनीतिकको सकारात्मक समाचारको प्रभाव कम हुँदै गएकोले बजार घट्न थालेको बताउँछन्। ‘राजनीतिकसम्बन्धी सकारात्मक खबरले छोटो समयमै २५० अंकले बढेको बजार त्यो समाचार पुरानो हुँदै गएपछि घट्न थालेको हो’, उनले भने।
सरकार परिवर्तन हुन सक्ने हल्लाले पनि बजार प्रभावित बनेको भट्टराई बताउँछन्। ‘लगभग लाभांशको सिजन सकिएकोले पनि बजारमा असर परेको देखिन्छ’, उनले भने।
सक्रिय लगानीकर्ता निर्मल रानाभाट प्राविधिक रुपमा २२२४ को प्रतिरोधलाई तोडेर माथि जान नसक्दा बजार तल आएको बताउँछन्। ‘२२२४ को विन्दुभन्दा माथि–माथि बजार रहेको भए लगानीकर्ताको मनोबल पनि बढ्थ्यो तर त्यसो हुन सकेन’, उनले भने।
पछिल्लो राजनीतिक घटनाक्रम पेचिलो बन्दै गएकोले पनि लगानीकर्ताहरुमा अन्यौलता सिर्जना हुँदा पनि बजार घटेको रानाभाट बताउँछन्। ‘यद्यपि पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको छ’, उनले भने, ‘त्यसैले बजार केही दिनको कारोबारपछि सम्हालिएर माथि नै जाने देखिन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह ०.०२ प्रतिशतले उकालो लागेको छ।
आज लगानी समूह सर्वाधिक १.३१ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह १.२१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७९ प्रतिशत, विकास बैंक समूहमा ०.३० प्रतिशत, वित्त समूहमा ०.७७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८४ प्रतिशत, लघुवित्त समूहमा १.१५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३७ प्रतिशत, अन्य समूहमा ०.६० प्रतिशत र ब्यापार समूहमा ०.५७ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका ७५ लाख ५३ हजार २३५ कित्ता सेयर २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०७ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन रिडी पावरको सर्वाधिक १९ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ। लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको आज गुराँस लाइफ इन्स्योरेन्सको ७ करोड ६७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७ करोड १० लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड ७१ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड २ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ४० लाख रुपैयाँ, अपी पावरको ५ करोड २५ लाख रुपैयाँ, युनियन लाइफ इन्स्योरेन्सको ४ करोड ८४ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज आदर्श लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन प्राइम लाइफ इन्स्योरेन्सको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago