काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज २२.१२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०९४.५४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७४ अंकले घटेर ३९८.४२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार मुक्ति अर्याल बजार घट्नुमा राजनीतिक कारण रहेको बताउँछन्। ‘राजनीतिक अन्यौलताले लगानीकर्ताको मनोबल गिरेको छ’, उनले भने, ‘अर्थमन्त्रीबाट विष्णु पौडेल हेट्ने हुन् कि भन्ने चिन्ता लगानीकर्ता देखिएको छ तर पौडेल अर्थतन्त्रीबाट हटिहाल्ने अवस्था छैन।’
राष्ट्रपति निर्वाचनको विषय भने जटिल नै रहेको अर्याल बताउँछन्।
अर्का बजार जानकार प्रकाश रजौरे छोटो समयमै धेरै बढेको बजारमा करेक्सन आइरहेको बताउँछन्। ‘प्राविधिक रुपमा पनि बजार फिवोनासीको ३८ प्रतिशतले करेक्सन भएको छ’, उनले भने, ‘त्यसैले अब बजार सम्हालिन सक्छ।’
लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई कुर्दा पनि बजार सुस्त बनेको रजौरे बताउँछन्।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
आज जीवन बीमा समूह सर्वाधिक २.१७ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.०६ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४४ प्रतिशत, विकास बैंक समूहमा १.७६ प्रतिशत, वित्त समूहमा १.७६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७६ प्रतिशत, लगानी समूहमा १.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२४ प्रतिशत, लघुवित्त समूहमा ०.९२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४७ प्रतिशत, अन्य समूहमा ०.७० प्रतिशत र व्यापार समूहमा १.२५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५७ कम्पनीका ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक १० करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ५ करोड ५० लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँ, अपी पावरको ४ करोड ८४ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ४ करोड ५८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ४५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ४ करोड ४१ लाख रुपैयाँ, रिडी पावरको ३ करोड ८८ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ७५ लाख रुपैयाँ र शिवम सिमेन्टको ३ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन आदर्श लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
आज सपोर्ट माइक्रोफाइनान्सको सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago