काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
आज बजार १२.४३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१८२.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४२ अंकले बढेर ४१५.४२ को विन्दुमा पुगेको छ। हिजो तुलनामा कारोबार भने घटेर २ अर्ब रुपैयाँको मात्रै भएको छ।
बजार जानकार केशव कोइराला (काका) मौद्रिक सूचकांकहरुमा पनि सुधार हुँदै गएकोले लगानीकर्ताको मनोबल बढेको बताउँछन्। ‘तर, एउटा समूह बजार घटाउन लागिपरेको देखिन्छ’, उनले भने।
मौद्रिक समीक्षामार्फत केही सुधारात्मक नीतिहरु आएमा बजार चालु आर्थिक वर्षकै उच्च विन्दुमा पुग्ने कोइरालाको भनाइ छ। ‘आज अन्तिम समयमा बजार बढ्दा भोलुम पनि बढेको छ’, उनले भने, ‘यसले बजार आगामी दिनमा सुधारोन्मुख नै हुने अपेक्षा गर्न सकिन्छ।’
अर्का बजार जानकार विष्णु भुसाल मौद्रिक नीतिको समीक्षामार्फत बजारमैत्री व्यवस्थाहरु आउने चर्चाले आज बजारमा सुधार आएको बताउँछन्। ‘चैतपछि ऋणको ब्याजदर पनि घट्न सक्छ’, उनले भने, ‘यसले पनि बजार सकारात्मक हुन सक्छ।’
अहिले देखिएको राजनीतिक अन्यौलता पनि हट्ने हुँदा आउँदो वैशाखदेखि बजारले राम्रै लय समात्न सक्ने भुसालको अनुमान छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक १.४६ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह १ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३१ प्रतिशत, वित्त समूहमा ०.९४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५९ प्रतिशत, लगानी समूहमा ०.९२ प्रतिशत, जीवन बीमा समूहमा ०.८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६५ प्रतिशत, लघुवित्त समूहमा ०.३५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५५ प्रतिशत, अन्य समूहमा ०.९४ प्रतिशत र व्यापार समूहमा ०.३० प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूहमा ०.२० प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५७ वटा कम्पनीका ५६ लाख ४८ हजार २१२ कम्पनीका २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन अपी पावरको सर्वाधिक ५ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ५ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको आज ङादी ग्रुप पावरको ५ करोड ३३ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ करोड ८६ लाख रुपैयाँ, रिडी पावरको ४ करोड ४० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड १७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ८० लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ७३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख रुपैयाँ र युनिभर्सल पावरको ३ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज बाराही हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन गुराँस लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ४ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago