काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ।
बजार आज २६.८० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९७५.८० को विन्दुमा झरेको छ। राम्रा तथा बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ५.६० अंकले घटेर ३७३.९० को विन्दुमा ओर्लेको छ। गत बिहीबारको तुलनामा कारोबार रकम भनेर १ अर्ब ६६ करोड रुपैयाँ बढीको भएको छ।
बजार जानकार महेश रिजाल अमेरिकामा बैंक डुब्दा त्यसको मनोवैज्ञानिक प्रभाव नेपालमा परेको हुन सक्ने बताए। ‘नेपालमा पनि बैंकबाट लिएको ऋणको साँवा–ब्याज नतिर्ने खबरहरु आएका थिए’, उनले भने, ‘यिनै कुराले लगानीकर्ताको मनोबल घट्दा बजार घटेको हुन सक्छ।’
अब चैतमा ब्याज पनि तिर्नुपर्ने भएकोले त्रैमासिक प्रभाव पनि परेको हुन सक्ने रिजालको भनाइ छ। ‘स्मार्ट मनी पनि बजारमा आइनसकेकोले बढेको बजार धानिन नसकेको देखिन्छ’, उनले भने।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारीले अमेरिकामा बैंक डुब्दा त्यसको मनोवैज्ञानिक असर परेकोमा सहमत छिन्। ‘तर, त्यही कारणले डराउनुपर्ने अवस्था भने छैन’, उनले भनिन्, ‘किनकि आज राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनाको आर्थिक परिदृश्य सार्वजनिक गरेको छ। जसबाट नेपाल अर्थतन्त्र सुधार हुँदै गएको प्रस्टसँग देख्न सकिन्छ।’
राजनीतिक निकास पनि निस्किँदै गएकोले आत्तिनुपर्ने अवस्था नरहेको तिवारी बताउँछिन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन बैंकिङ समूह सर्वाधिक १.७१ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.६९ प्रतिशतले घट्दा विकास बैंक समूहमा १.४३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १ प्रतिशत, जलविद्युत समूहमा १.४७ प्रतिशत, लगानी समूहमा १.५९ प्रतिशत, जीवन बीमा समूहमा १.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३९ प्रतिशत, लघुवित्त समूहमा ०.८१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४० प्रतिशत, निर्जीवन बीमा समूहमा १.३३ प्रतिशत, अन्य समूहमा ०.६१ प्रतिशत र व्यापार समूहमा १.१५ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६० कम्पनीका ४७ लाख ७२ हजार १४० कित्ता सेयर १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५११ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ८ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ५ करोड ७५ लाख रुपैयाँबराबरको कारोबार हुँदा लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३४ लाख रुपैयाँ, निफ्राको ४ करोड ११ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३ करोड ४९ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ४१ लाख रुपैयाँ, अपी पावरको ३ करोड ३३ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ३१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ३ करोड २६ लाख रुपैयाँ र अपर तामाकोशीको ३ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज शुभम पावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।
यो दिन हिमालयन बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago