काठमाण्डौ । कुमारी बैंक लिमिटेड र सुर्खेतको वीरेन्द्रनगरस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनबीच ग्राहकलाई सेवाहरुमा कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। 

यो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले द बर्गर हाउसका विभिन्न आउटलेट तथा खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्। जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्नलगायत शारीरिक स्फुर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागि विश्राम अत्यावश्यक रहेको छ। सोही कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत द बर्गर हाउसका विभिन्न सेवामा बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई आकर्षक छुटको व्यवस्था गरेको हो।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटीएम, ४९ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।