काठमाण्डौ। ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थालेको छ।
प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रुपमा नमस्तेको व्यवस्थापन थालेको हो। टीबीसीको व्यवस्थापनामा आएसँगै नमस्ते एकेडेमीलाई पश्चिम नेपालको अग्रणी शैक्षिक संस्थामध्येको एक बनाउनका लागि केही प्रमुख परिवर्तनहरुको थालनी भएका छन्। विश्वस्तरीय शिक्षा प्रदान गर्नका लागि नमस्तेमा व्यवस्थापनसँगै अत्याधुनिक पूर्वाधारहरुमा पनि परिवर्तन थालिएको हो।
लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल क्ल्भ्सि एमबीईलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिको उपाध्यक्षको जिम्मेवारी दिइएको छ। शैक्षिक क्षेत्रमा निकै उपलब्धि हासिल गरेका क्ल्भिससँग बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरुमा काम गरेको अनुभव रहेको छ। उनले काम गरेको शैक्षिक संस्थाहरुमा उत्कृष्टमध्येको एक बेलायतको इटन कलेज रहेको छ। यसका साथै उनको सर्वाधिक बिक्री भएको पुस्तक विश्वका विभिन्न विश्वविद्यालयहरुमा पढाइँदै आएको छ।
त्यस्तै विद्यालयको एक्जिक्युटिभ प्रिन्सिपलमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ। शैक्षिक व्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन्। बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको ३० वर्षको अनुभव छ।
बार्थोलोमेउले यसै शैक्षिकसत्रमा नमस्तेलाई प्रदेशको अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्थाक बनाउने उद्देश्य लिएको बताएका छन्। ‘हाम्रो उद्देश्य भनेको नेपाली समुदायमा शैक्षिक स्तर वृद्धि गर्नु हो। यसका साथै यसै शैक्षिक सत्रमा हामीले नमस्तेलाई प्रदेशको अंग्रेजी भाषाको पढाई हुने एक उत्कृष्ट शिक्षा प्रदायक बनाउने योजनामा छौँ’, बार्थोलोमेउले भने।
ब्रिटिस एजुकेसन ग्रुपले नेपालमा ब्रिटिस कलेज तथा मदरल्यान्ड स्कुल तथा दुबई र बेलायतमा पनि शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याएको छ। साथै, यस समूहले शिक्षा क्षेत्रमा थप विस्तार गर्ने योजना अगाडि सारेर अघि बढिरहेको छ।
यसै समूहका सदस्य अरुण कँडेल विद्यालय विभागका प्रमुख रहेका छन्। शैक्षिक क्षेत्रमा करिब १५ वर्षको अनुभव हासिल गरेका कँडेलले नमस्तेसहित अन्य विद्यालयहरुको शैक्षिक सुधारमा प्रमुख भूमिका निर्वाह गर्नेछन्।
व्यवस्थापन थालेसँगै नमस्ते एकेडेमी ब्रिटिस एजुकेसन ग्रुपको एक हिस्सा बनेको छ। ब्रिटिस एजुकेसन ग्रुपका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले थप अनुभवी व्यक्तिहरु नमस्तेमा आबद्ध भएकोले यसको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरे। ‘नमस्तेलाई अझै अगाडि बढाउन र नेपालमा उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि लामो समय शैक्षिक क्षेत्रमा काम गर्नुभएका व्यक्तिहरु जोडिनुभएको छ। मलाई विश्वास छ हाम्रो टिमले नमस्तेलाई थप उचाइमा पुर्याउनुहुनेछ’, कँडेलले भने, ‘यो समूहले यस वर्ष पनि शैक्षिक क्षेत्रमा लगानी थप्नेछ।’
कँडेल बेलायतको उत्कृष्टमध्येको एक शैक्षिक संस्था ‘न्युस्टेड वुड स्कुल’को अभिभावक संघको अध्यक्षमा हालसालै नियुक्त भएका छन्। उनी सन् १९५४ देखि सञ्चालनमा आएको बेलायतको साउथ इस्ट लन्डनस्थित न्युस्टेड वुड स्कुलको अध्यक्षमा नियुक्त भएका हुन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19