काठमाण्डौ । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७ जना विद्यार्थी दीक्षित भएका छन्।
बौद्धस्थित हायत रिजेन्सी होटलमा शुक्रबार भएको कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) र द युनिभर्सिर्टी अफ द बेस्ट अफ इंग्ल्यान्ड (यूडब्ल्यूई)का विद्यार्थी दीक्षित भएका हुन्।
दीक्षान्त समारोह दुई सत्रमा सञ्चालन भएको थियो। पहिलो सत्रमा बिजनेस विषयहरु बीबीए, एमबीए, बीएचएम, एमआईबीएम र ईएमबीएका विद्यार्थी दीक्षित भएका थिए भने दोस्रो सत्रमा आईटी विषयहरु बीएससी (हन्स) कम्प्युटिङ र एमएससी आईटीका विद्यार्थीहरु दीक्षित भए।
दुवै सत्रमा नेपाल तथा बेलायतका विशिष्ट पाहुनाहरुसँगै एकेडेमिसियन, दीक्षित हुने विद्यार्थी, विद्यार्थीका अभिभावकको उपस्थिति थियो। लामो समयदेखि कलेजको सल्लाहकार तथा एमबीई ब्रिटिस एजुकेसन ग्रुपका उपाध्यक्ष पाउल क्लिभ्सले उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेका थिए।
कलेजका कार्यकारी एक्जिक्युटिभ डाइरेक्टर महेन्द्रराज कँडेलले पानसमा दीप प्रज्ज्वलन गरी तथा कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले स्वागत मन्तव्य राखेर कार्यक्रमको उद्घाटन गरेका थिए। संस्थापक राजन कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्रो संस्था कति ठूलो भएको छ भन्ने यो एउटा प्रमाण हो, अब हामीले दुईवटा सत्रहरु सम्पन्न गर्नुपर्नेछ र म आज सबै ग्राजुयटहरुलाई बधाइ तथा आगामी दिनको शुभकामना व्यक्त गर्न चाहान्छु। तपाइँहरु टीबीसीका पूर्व विद्यार्थीहरु बन्नुभएको छ। अब हामी तपाइँहरुले के गर्नुहुन्छ भनेर जान्न निकै उत्साहित छौँ।’
त्यस्तै, कार्यक्रममा विशेष अतिथिहरुले प्रेरणादायक मन्तव्य दिएका थिए। जसमा, मिसन–ब्रिटिस एम्बेसीका डेप्युटी हेड हेइडी ताभाकोली, कलेजका सल्लाहकारहरु माइकल रुटल्यान्ड ओबीई, प्रोफेसर फर्गस लियोन र ११ औँ अर्ल अफ स्डान्डबीचका माननीय एडवर्ड होलिस्टर मोन्टागुले बेलायतबाट भिडियो सन्देश पठाएका थिए।
पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुले पनि कार्यक्रममा आफ्नो मन्तब्य दिएका थिए। लिड्स बेकेट विश्वविद्यालयका स्कूल अफ बिल्ट इन्भाइरोमेन्ट एन्ड इन्जिनियरिङका डीन प्रोफेसर अकिन्टोला अकिन्टोएले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘आजको दिन लिड्स बेकेट र ब्रिटिस कलेजबीचको अन्तर्राष्ट्रिय सहकार्यको ठूलो दिन हो र हामी यो सम्बन्धलाई अझै सुदृढ बनाउँदै विश्वभरि नै धेरै ग्राजुयट उत्पादन गर्न अगाडि बढ्नेछौँ।’
त्यस्तै यूडब्ल्यूईको पार्टनरसिप र इन्टरनेसनल तथा इन्टेरियम हेड अफ बिजनेस एन्ड म्यानेजमेन्टका डीन डा. पल बेनेटले दीक्षित विद्यार्थीलाई बधाइ ज्ञापन गरे। उनले यूडब्ल्यूई र टीबीसी बीचको लामो समयदेखिको साझेदारीबारे आफ्नो भनाइ राख्दै ग्राजुयटहरुलाई आल्मुनी कम्युनिटीमा स्वागत गरे।
टीबीसी प्रतिभाहरुको पृष्ठपोषण गर्न र ग्लोबल लिडरलाई उत्पादन गर्न प्रतिबद्ध रहेको र आगामी दिन स्रोत तथा साधनहरु थप गरी समयसापेक्ष शिक्षा प्रदान गर्न अग्रसर रहेको कलेजको भनाइ छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19