काठमाण्डौ । द ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ।
‘फर गुड’ र ‘फर प्रोफिट’ विद्यार्थीहरूको नेतृत्वमा उद्यमहरूको सुरुआतका लागि विश्वको सबैभन्दा ठूलो इन्जिन ‘हल्ट पुरस्कार’ हो । सन् २०२०/२१ मा प्राप्त गरेको ठूलो सफलता पछ्याउँदै, हल्ट पुरस्कार एकपटक फेरि ब्रिटिश कलेजमा हुँदैछ। यस वर्षको थिम ‘गेटिङ द वर्ल्ड ब्याक टु वर्क’ रहेको छ।
बीबीए लेभल ५ का विद्यार्थी र ब्रिटिस कलेजको हल्ट पुरस्कारका क्याम्पस डाइरेक्टर ग्रिशम तिवारीको नेतृत्वमा १५ भन्दा बढी उत्साही व्यक्तिहरुको टोलीले यो कार्यक्रम आयोजना गर्न कडा परिश्रम गरिरहेको छ। यो प्लेटफर्मले ब्रिटिस कलेजका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरमा प्रस्पिर्धा गर्ने अवसर प्रदान गर्नेछ। यो अवसरअन्तर्गत एक मिलियन डलरबराबरको नगद पुरस्कार जित्ने मौका पाउनेछन्।
आयोजना हुन गइरहेको यो प्रतियोगितामा तीनदेखि चारजना विद्यार्थीको टोलीले आफ्नो सामाजिक उद्यम योजनालाई उचाइ दिन एकसाथ काम गर्नेछन्। प्रत्येक टोलीले प्रशिक्षणसत्रमा भाग लिनेछन्। यसका साथै विशेषज्ञहरुको सुझाव पनि प्राप्त गर्नेछन्। त्यस्तै उनीहरुले प्रायोजकहरुबाट पुरस्कार पाउन विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।
हल्ट पुरस्कारबारे जानकारी दिन सहभागीहरुलाई भर्चुअल अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा १०० जनाभन्दा बढीको सहभागिता थियो।
केक सेवा, उद्यमी इनोभेसन र भरेन्द्र युनिभर्सिटी इन्टरनेसनल अफेयर्स काउन्सिललगायतले यो कार्यक्रम प्रायोजनका लागि ब्रिटिस कलेजसँग पार्टनरसिप गरेका छन्।
हल्ट पुरस्कार टोलीले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गरेकोमा प्रायोजकहरुलाई धन्यवाद दिन चाहन्छ। यसका साथै यी इच्छुक उद्यमीहरू समाजमा प्रभाव पार्न अझै थप सहकार्यका लागि खुला छन् भनी पुष्टि गर्न चाहन्छ ।
ग्रिशम तिवारीले भने, ‘यो एक विशेष अवसर हो र दर्ता अझै पनि १५ फ्रेबअरी २०२२ सम्म खुल्ला छ। ब्रिटिस कलेजमा हाल अध्ययनरत सबै विद्यार्थीहरुलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। समुहमा रहेका वा व्यक्तिगत रहेका एउटा टिम निर्माण गरेर साइन अप गर्न आग्रह गर्दछु।’
थप जानकारी हल्ट प्राइजको वेभसाइट, फेसबुक, ट्विटर, इन्टाग्राम र लिंकडिनमार्फत लिन सकिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19