काठमाण्डौ । द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ। 

यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तीर्ण एमएससी आईटीका विद्यार्थी र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्डबाट उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन्। सोल्टी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो। 

द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पानसमा दीयो बालेर दीक्षान्त समारोहको उद्घाटन गरेका थिए। स्वागत मन्तव्य राख्दै उनले भने, ‘यस वर्षको पहिलो दीक्षान्त कार्यक्रममा धेरै विद्यार्थी उपस्थित हुन पाएका थिएनन्। यो महत्वपूर्ण समारोहमा विभिन्न तरिकाले जोडिन म आह्वान गर्दछु। कोही लामो दूरी पार गरेर आउनुभएको छ भने कतिपयले नेपालभित्रैबाट हामीलाई सहयोग गर्नुभएको छ। भिडियो लिंकमार्फत हामीसँग जोडिन म आग्रह गर्दछु।’

कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो। औद्योगिक सल्लाहकार बोर्डका सदस्यहरु वीरेन्द्र राज पाण्डे र प्रचण्डमान श्रेष्ठ उपस्थित रहेका थिए। ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ बिजनेस एन्ड लकी इन्टरनेसनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए। 

त्यस्तै बीबीएबाट दीक्षित भएका निरजप्रताप शाह, एमएसई आईटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए।    

द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले भने, ‘विद्यार्थीलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन–अध्यापनमा गरेको मेहनतलाई सम्झन चाहन्छु। यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ।’

ठूलो परिश्रमले यो सफलता मिलेको भन्दै उनले सबै कर्मचारी, फ्याकल्टी र विद्यार्थीलाई बधाइ र शुभकामना दिए।