काठमाण्डौ । हालसम्म कोरोना संक्रमण फेला नपरेको धनकुटामा समेत पहिलोपटक संक्रमण देखिएको छ । 

आइतबार धनकुटा जिल्ला अस्पतालकी एक नर्ससहित थप ३ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

धनकुटाकी नर्सबाहेक बाँकी २ संक्रमित विराटनगर वडानम्बर ६ र १६ का पुरुषहरु हुन् । 

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा थप ३ मा संक्रमण पुष्टि भएको बताइएको छ । योसँगै अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २९५ पुगेको छ । 

हालसम्म नेपालमा २ संक्रमितको मृत्यु भइसकेको छ ३६ संक्रमित निको भएर घर फर्किसकेका छन् ।