काठमाण्डौ।नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनाको भाउ प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन बिहीबार सुनको भाउ प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको  थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा १ हजार रुपैयाँले नै बढेर १ लाख १४ हजार १५० रुपैयाँ पुगेको छ ।

उता चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ पुगेको छ । 
यो दिन कात्तिक कृष्ण द्वादशी अर्थात् धनतेरस पनि हो । धनतेरसका दिन सुनचाँदी, असर्फीको कारोबार धेरै हुने हुँदा पनि सुनचाँदीको भाउ बढेको हो । आज सुनचाँदी किनेर गृह प्रवेश गराउँदा धन बढ्ने र फलिफाप हुने धार्मिक मान्यता रहेको छ ।