काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी धनवृद्धि योजना’मा इकाइ खरिद आवेदन दिने आज जेठ २६ गते अन्तिम दिन रहेको छ। 

कोष प्रवर्द्धक कुमारी बैंक लिमिटेड र योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको यस बन्दमुखी योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइहरु जेठ १२ गतेबाट बिक्री खुला गरिएको थियो। यस योजनाका इकाइहरुमा आज बैंकिङसम्म खरिद आवेदन दिन सकिने कुमारी क्यापिटलले जनाएको छ। 

कुल इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाइ कोष प्रवर्द्धक कुमारी बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउँँछन्।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिद आवेदन पेस गर्न सक्छन्। 

यस योजनामा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। 

यो योजनालाई धितोपत्र बोर्डले गत वैशाख २२ गते निष्कासन अनुमति दिएको थियो।