Kidney
नेपालमा मृगौलासम्बन्धि रोगहरुको प्रकोप बढिरहेको छ । विशेषगरी खानपिनमा हुने लापरवाहीको कारण मृगौलाका रोगीहरु बढ्दै गएका छन् ।
खानाका पारखीहरुले स्वास्थ्यको ख्याल नराखी जथाभावी खानेकुरा खाने गरिएपछि मृगौलाका रोगी दिनहुँ बढ्दै गएका छन् । मृगौला शरीर संचालनको अभिन्न अङ्ग हो । तर, यही अङ्ग थलिएपछि मानिसले लाखौं रुपैंयाँ खर्चिनुपर्ने बाध्यता विद्यमान छ ।
खानपानका गरेको सार्ने लापरवाहीले नै जीवनभरी कृत्रिम तरिकाले मूत्र बिसर्जन गर्ने डाइलोसिसजस्तो महँगो प्रणाली अपनाउन बाध्य छन् । पैसा हुनेहरु डाइलोसिस त गर्छन, तर नहुनेहरु किड्नी ‘फेलियर’ भएर जीवन गुमाउन बाध्य छन् ।
हामीले मृगौला बचाउन घरेलु विधि पनि अवलम्बन गर्न सक्छौं । भान्सामा धनियाँ पात ल्याएर नियमित सेवन गर्ने हो भने किड्नी रोगबाट बच्न सकिन्छ । मृगौलाले शरीरमा भएको विकारजन्य पदार्थ प्रशोधन गर्दछ । यसले रगतमा भएको नुन, विष तथा अनावश्यक फोहोर पदार्थ छान्ने काम गर्दछ ।
धनियाँको नियमित सेवनबाट किड्नीको संचालन प्रक्रिया सहज बनाउन सकिने अध्ययनहरुले देखाएको छ । यसको सेवन गर्ने तरिका सरल छ । सेवन विधि पहिले एक मूठा धनियाँको पात लिने, त्यसलाई सफा पानीले धोएर १० मिनेटजति पानीमा उमाल्नु पर्दछ । त्यसपछि चिस्याएर बोतलमा खन्याउनु पर्दछ । अब यो झोल खानयोग्य भयो । हरेक दिन एक गिलास पिउनोस् । केही साताको सेवनबाट तपाईंले किड्नीबाट प्रशोधित विकारहरु मूत्र विसर्जनको माध्यमले निष्काशन भइरहेको महसुस गर्नु हुनेछ ।
एजेन्सीको सहयोगमा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago