काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको कार्यालय सर्ने भएको छ ।
बोर्डले कार्यालय प्रयोजनका लागि नयाँ ठाउँमा घरभाडा र खाली जग्गा खोजी गरेको सार्वजनिक सूचना जारी गरेको हो । योसँगै उपयुक्त स्थानमा बोर्डको कार्यालय निकट भविष्यमै सर्नुपर्ने बाध्यता सिर्जना भएको हो ।
नेपालको धितोपत्र बजारको नियामक बोर्डको आफ्नै भवन बनाउने विषय जोडतोडले उठिरहेको बेला बोर्डले भने कार्यालय स्थानान्तरणका लागि उपयुक्त घरको खोजी कार्यलाई अगाडि बढाएको छ ।
बोर्डका प्रवक्ता निरज गिरीका अनुसार हाल जावलाखेलमा अवस्थित बोर्ड कार्यालय रहेको कमल सदनका मालिकले केही समयअघि ६ महिनाभित्र घर खाली गर्न पत्राचार गरेका कारण बोर्डले कार्यालय प्रयोजनका लागि नयाँ स्थानको खोजीमा लागेको हो ।
गिरीले खाली जग्गा करिब ३ रोपनीसमेत खोजी भइरहेको बिजशालासँगको कुराकानीमा जानकारी दिएका छन् ।
बोर्डले आज जारी गरेको सूचनाअनुसार जावलाखेल, सानेपा, कुपण्डोल, रामशाह पथ, थापाथली, बबरमहल, लाजिम्पाट, कालिकास्थान, डिल्लीबजार, बालुवाटार, कमलादी वा आसपासका क्षेत्रमा घरभाडामा लिन खोजेको छ ।
कम्तीमा २० वटा चारपाङग्रे सवारीसाधन र ५० वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने र कम्तीमा ३०–४० कोठा भएको वा करिब १० हजार वर्गफिट क्षेत्रफल भएको निर्माण सम्पन्न भई पार्टिशन गर्न मिल्ने घर कार्यालय प्रयोजनार्थ आवश्यक रहेको उल्लेख गर्दै इच्छुक घरधनी व्यक्ति वा संस्थाले २१ दिनभित्र कार्यालय समयभित्र बोर्डमा सिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago