काठमाण्डौ । तिहारमा धनतेरस मनाइन्छ । यो विशेष अवसरमा अधिकांश नेपालीहरुले सकेजति धनसम्पत्ति जोड्ने चलन छ । त्यसमा पनि सुनचाँदीको सामान बढी खरीद हुन्छ । तर, सबैसँग धेरै सुनचाँदी खरीद गर्ने पैसा हुन्न । यही कारण अधिकांश नेपालीको छनौटमा यो दिन चाँदीका सिक्का र अन्य सामानहरु पर्छन । तर के तपाईले खरीद गर्ने चाँदीको सिक्का सक्कली हो या नक्कली कहिले जाँच गर्ने गर्नुभएको छ ? हतारमा चाँदीको सिक्का भनेर अन्य कुनै कमसल धातुको सिक्का ल्याउने गल्तीबाट बच्नुपर्छ, किनभने यही मौकामा कतिपय सुनचाँदी व्यवसायीले तपाईलाई ठगी पनि गरिरहेका हुनसक्छन् । उसो भए चाँदीको शुद्धता कसरी जाँच्ने त ? आउनुहोस्, हामी बताउँछौ असली चाँदीको पहिचान गर्ने केही पुरातन र आधुनिक विधिको बिषयमा :
शुद्धताको छाप
सुनजस्तै चाँदीको पनि हलमार्किङ(छाप) हुन्छ । सुनमा शुद्धताका लागि जसरी क्यारेटको हिसाब गरिन्छ, त्यसैगरी चाँदीमा शुद्धताका लागि प्रतिशतलाई आधार मानिन्छ । चाँदीको बिस्कुटमा स्पष्ट रुपमा शुद्धता लेखिएको हुन्छ । जस्तै, ९९.९ प्रतिशत वा ९५ प्रतिशत ।
आवाजमा ध्यान
असली र नक्कली चाँदीको सिक्काको पहिचान त्यसबाट उत्पन्न हुने आवाजबाट पनि गर्न सकिन्छ । कुनै धातुमा चाँदीको सिक्का गिराउँदा कडा आवाज आउँछ । तर नक्कली सिक्का फलामको जस्तै बज्छ ।
थर्मल कण्डक्टिविटी टेस्ट
चाँदी थर्मल इनर्जीको सबैभन्दा राम्रो सूचालक हो । चाँदी असली या नक्कली के हो भनेर छुट्याउन एक बरफलको टुक्रा चाँदीमा राख्नुहोस् । कुनै अर्को धातुको तुलनामा चाँदीमा राखिएको बरफ तेज गतिमा पग्लिन्छ । किनभने थर्मल इनर्जी तीव्र गतिमा बरफमा टान्सफर हुन्छ ।
म्याग्नेट परीक्षण
चाँदी चुम्बकीय धातु होइन । यो टेस्टका लागि तपाईलाई सामान्य भन्दा बढी शक्तिशाली चुम्बको जरुरी हुन्छ । यस्तो चुम्बक तपाईले हार्डवेयरबाट पाउन सक्नुहुन्छ । नक्कली चाँदी चुम्बकतर्फ बढी आकर्षित हुन्छ । तर असली चाँदी चुम्बकतर्फ आकर्षित हुँदैन ।
केमिकल परीक्षण
यदि चाँदीको सिक्कामा शुद्धताको कुनै छाप लगाइएको छैन भने असली र नक्कली छुट्याउन तपाईंले केमिकल परीक्षणको विधि समेत अपनाउन सक्नुहुन्छ । सिल्भर केमिकल टेस्ट समेत खरीद गर्न सकिन्छ । केमिकल टिस्ट किटमै परीक्षणको सबै प्रक्रिया र विधि लेखिएको हुन्छ । तर यस्तो टेस्टबाट तपाईंले खरीद गरेको चाँदीमा नोक्सानी समेत पुग्नसक्छ । यदि तपाईंको साथमा राम्रो चाँदी छ र तपाईं आफ्नो चाँदीको प्रोडक्टमा कुनै दाग नरहोस् भन्ने चाहनुहुन्छ भने यो विधि अनपाउँदा नै राम्रो हुन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19