काठमाण्डौ । मंगलबार(भोलि)देखि धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपीडी सेवा पुुनः सुुचारु हुुने भएको छ ।

प्रतिष्ठानले जारी गरेको सूूचनाअनुुसार मंगलबारदेखि सामाजिक दूूरी कायम राख्दै उपचार सेवा सुचारु गर्न लागिएको हो । 

प्रत्येक विभागले सीमित बिरामीलाई मात्र सेवा दिने र त्यसका लागि अस्पताल आउनेहरुलाई प्रतिष्ठानको मुुख्य गेटबाटै बिरामीलाई टोकन वितरण गर्ने बताइएको छ । सोही टोकनको आधारमा बिरामी दर्ता तथा ओपीडी कार्ड उपलब्ध गराइने अस्पतालको सूचनामा उल्लेख छ।

प्रत्येक बिरामी र भिजिटरले प्रतिष्ठान प्रवेश गर्दा मास्कको अनिवार्य प्रयोग गर्नुुपर्ने प्रतिष्ठानले जनाएको छ ।