काठमाण्डौ । सुनसरीको धरानमा समेत पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् ।
प्रदेश १ को मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार धरानमा एक ५२ वर्षीया महिलाको स्वाब परीक्षणको क्रममा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
स्थानीय प्रशासनका अनुसार ती महिला धरानको शिवधारा छेउकी स्थायीबासी हुन् । उनी लकडाउनअघि र पछि विदेश तथा अन्य शहर वा क्षेत्र नगएको, तर कोरोना संक्रमण भने भेटिएपछि भित्रभित्रै त्यहाँ समेत संक्रमण फैलिएको हो कि भन्ने त्रास बढाइदिएको स्रोत दाबी गर्छ ।
कोरोना संक्रमित महिला बस्ने क्षेत्रलाई शिल गर्ने तयारी थालिएको धरान उपमहानगरपालिकाका एक अधिकृतले जनाएका छन् ।
धरानसहित सुनसरीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।
यसैगरी, बुधबार नै भएको परीक्षणको क्रममा धनकुटामा समेत थप एकजनामा कोरोना संक्रमण देखिएको छ । योसहित धनकुटामा संक्रमितको कुल संख्या ७ पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago