काठामाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणले नेरुडे लघुवित्त धराशायी बन्दै गएको देखाएको छ । यस वर्षको पहिलो नौ महिनाको अवधिमा यस वित्तीय संस्थाका प्रदर्शन अत्यधिक कमजोर देखिएको हो  । गत वर्षको तेस्रो त्रैमासका तुनलामा यस वर्ष कम्पनीको नाफामा १ सय १० प्रतिशतको पहिरो गएको वित्तीय विवरणमा उल्लेख छ ।  गत वर्ष ७ करोड ८५ लाख खुद नाफा आर्जन गरेको वित्तीय संस्थाले यस वर्ष ३ करोड ७२ लाख मात्र नाफा आर्जन गर्न सकेको हो । 

संस्थाको खुद ब्याज आम्दानी  र संचालन मुनाफामा व्यापक ठूलो पहिरो जाँदा नाफामा अनपेक्षित गिरावट आएको हो । गत वर्ष २६ करोड ३५ लाख खुद ब्याज आम्दानी गरेकोे संस्थाले यस वर्ष २२  करोड ५८ लाख मात्र खुद ब्याज आम्दानी गर्न सकेको हो । यो गत वर्षको भन्दा करीव १६ दशमवलव ६९ प्रतिशतले कम हो ।


यसैगरी यस वर्ष संस्थाको खुद सञ्चालन मुनाफामा भने उच्च गिरावट देखिएको छ । गत वर्ष १२ करोड ३४ लाख सञ्चालन मुनाफा आर्जन गरेको संस्थाले यस वर्ष ५ करोड ८६ लाख मात्र सञ्चालन मुनाफा आर्जन गर्न सकेको छ । यो गत वषकाे भन्दा १ सय १० दशमलव ६ प्रतिशतले कम हो ।

 

समीक्षा अवधिसम्म संस्थाले ३ अर्ब ७५ करोड कर्जा परिचालन गरेको छ भने १ अर्ब ४० करोड निक्षेप संकलन गरेको छ । यी दुवै सूचकमा संस्थाले यसवर्ष क्रमशः २० र २६ दशमलव ७ प्रतिशतले वृद्धि गरेको हो । तर यसले कम्पनीको नाफा बढाउन सकेको देखिँदैन ।  


गत वर्ष शून्य दशमलव ८३ प्रतिशत खराब कर्जा रहेको संस्थाको सो सूचक यस वर्ष केही वृद्धि भई १ दशमलव ५६ प्रतिशतमा पुगेको छ । वित्तीय संस्थामा कम खराब कर्जा रहेको राम्रो हो । 


गत वर्ष २१ करोड ६० लाख चुक्ता पूँजी रहेको संस्थाले यस वर्ष सो पूजीँ वृद्धि गरी ३० करोड ६० लाख पु¥याएको छ भने २६ करोड २७ लाख जगेडा कोषमा रकम रहेको छ । प्रतिशेयर आम्दानी १६ दशमलव २५ रुपैयाँ कायम भएको संस्थाको प्रतिशेयर नेटवर्थ १ सय ८५ दशमलव ८८ रुपैयाँ छ ।