काठमाण्डौ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका धादिङका युवा पनि डिस्चार्ज हुने भएका छन् ।
चैत ६ गते दुबईबाट एयर अरेबियाको जहाज हुँदै काठमाण्डौ आएका उनमा कोरोनाको लक्षण देखिएपछि १० गते अस्पताल पुगेका थिए । सो क्रममा उनको थ्रोट स्वाब परीक्षण गर्दा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएको झण्डै एक महिनापछि ती युवालाई डिस्चार्ज गर्ने तयारी भइरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।
ती युवाको दोश्रो र तेश्रो परीक्षण रिपोर्ट पनि लगातार नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी भएको बताइएको छ ।
यी युवासहित नेपालमा उपचारपछि निको भई फर्किने कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यसअघि टेकू अस्पतालबाटै २ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
यसैबीच, केन्द्रीय कारागार अस्पतालका दुईजना नर्सको पीसीआर परीक्षणमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।
हिजो ती दुई नर्सको आरडिटी परीक्षण रिपोर्ट भने पोजिटिभ आएको थियो । हिजै उनीहरुले थ्रोट स्वाबको नमूना दिएका थिए । त्यसको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले प्रष्ट्याएको हो ।
पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई पनि टेकू अस्पतालबाट डिस्चार्ज गरिएको छ । आरडिटी पोजिटिभ देखिएपछि उनीहरुलाई पनि अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19