काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज पुस २० गते धादिङको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्। 

उद्घाटन् समारोहमा मह जोडीले धादिङको मलेखुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे। 

त्यसैगरी सानिमा बैंकका सञ्चालक बलराम पराजुलीले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। 

सानिमा बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।