काठमाण्डौ । धितोपत्र दलाल(स्टक ब्रोकर)हरुको घटेको कमिसन सम्बन्धी व्यवस्था आइतबारदेखि कार्यान्वयनमा आउने भएको छ । 

नियामक धितोपत्र बोर्डले धितोपत्र बजारका दलालहरुको साबिकमा पाउँदै आएको कमिसन घटाउने बिषयमा निर्णयार्थ अर्थमन्त्रालयमा पेश गरेको निकै ढिलो गरी साबिकको कमिसनमा ४० प्रतिशतको दरले घटाउने अर्थमन्त्रालयबाट भएको निर्णय आइतबारदेखि कार्यान्वयनमा आउने भएको हो । 

यो साताको अन्तिम कारोबार दिन बिहीबार अबेर नेपाल स्टक एक्सचेञ्जले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । 

‘अर्थमन्त्री स्तरको निर्णय र धितोपत्र बोर्डको निर्देशन अनुसार साउन ९ गते आइतबारदेखि लागू हुने गरी धितोपत्र दलाली शुल्क(ब्रोकर कमिसन)मा परिवर्तन हुने व्यवस्था मिलाइएको छ ।’ नेप्सेको विज्ञप्तिमा भनिएको छ–‘परिवर्तित व्यवस्था अनुसार धितोपत्र कारोबारमा संलग्न तालिकामा उल्लेख भए  बमोजिमको दरमा दलाली शुल्क लाग्नेछ ।’ 

नेप्सेले ब्रोकर कमिसन घटाउनलाई भएको नयाँ व्यवस्थाले कारोबारको लागत कम हुन गई लगानीकर्ता लाभान्वित हुने विश्वास लिएको छ । नयाँ व्यवस्थाले धितोपत्र बजारलाई थप विश्वसनीय, विकसित र परिपक्व बनाउने नेप्सेको दाबी छ । 

यसैबीच, बुधबार धितोपत्र बोर्डले समेत प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेलाई अर्थमन्त्रीस्तरको निर्णयबाट घटाइएको ब्रोकर कमिसनको नयाँ व्यवस्था शीघ्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । 

बोर्डले जारी गरेको विज्ञप्तिमा धितोपत्र दोश्रो बजार कारोबारको संख्या एवम् रकममा निरन्तर वृद्धि हुँदै गइरहेको पृष्ठभूमिमा धितोपत्र दलाल व्यवसायीले लिने शुल्क पुनरावलोकन गरी कारोबारको लागत घटाई बजार तथा लगानीकर्तामैत्री बनाउन आवश्यक भएको अवस्थामा आफूहरुको सिफारिसमा अर्थमन्त्रालयबाट उपयुक्त निर्णय भएको भन्दै विभिन्न कारोबार रकमको आधारमा ब्रोकर कमिसन समेत तोकेको थियो । 

बोर्डले दिएको निर्देशन आइतबारदेखि कार्यान्वयन हुने र सो दिनदेखि निम्न कारोबारमा निम्न अनुसारको कमिसन शुल्क तोकिएको छ :

संगठित  संस्थाको सेयरको  प्रत्येक खरीद तथा बिक्री कारोबारमा धितोपत्र दलाली बापत लिन पाउने  सेवा शुल्क :

संगठित संस्थाको सेयर, नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्रबैंकले जारी गरेको ऋणपत्र बाहेकको अन्य धितोपत्रको हकमा धितोपत्र दलालीबापत पाउने सेवा शुल्क :

यसअघि संगिठत संस्थाको सेयरको कारोबारमा धितोपत्र दलालीबापत लिन पाउने सेवा शुल्क देहाय अनुसारको रहेको थियो :

त्यस्तै संगठित संस्थाको सेयर र नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्रबैंकले जारी गरेको ऋणपत्र बाहेकको अन्य धितोपत्रको हकमा धितोपत्र दलालीबापत पाउने सेवा शुल्क देहाय अनुसारको थियो :