security board of nepal
काठमाण्डौ । धितोपत्र बोर्डमा आबद्ध सदस्यहरुले बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाको संस्थापक सेयरमा लगानी गर्न तथा आफ्नो कार्यकालमा दोश्रो बजारमा धितोपत्र खरीदबिक्री गर्न रोक लगाइएको छ ।
बोर्डले शुक्रबार “नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४” बनाएर लागू गर्दै बोर्ड सदस्यलाई त्यस्तो बन्देज लगाएको हो ।
यो आचारसंहितामार्फत बोर्डले आफ्ना कतिपय गोप्य सूचना लिक भएर संचारमाध्यममा पुुगेको ठहर गर्दै कुनै पनि बोर्ड सदस्यले प्रत्यक्ष र अप्रत्यक्ष बोर्डको अहित हुने कुनै पनि सूचना संचारकामाध्यमलाई दिन नहुने कडा व्यवस्था समेत गरेको छ । यस्ता सूचना प्रत्यक्ष अप्रत्यक्ष रुपमा संचारमाध्यमलाई संकेतै मात्र गर्न पनि रोक लगाइएको छ । तर, यो बुँदाको सतप्रतिशत कार्यान्वयन हुने अवस्था देखिदैन ।
नियमनकारी निकायका बोर्ड सदस्यहरु सुशासित भए मात्र समग्र बजारमा सुशासन कायम गर्न सकिने मान्यतासहित बोर्ड सदस्यका लागि आचरण तथा व्यवहार, इमान्दारीता तथा गोपनीयता, वित्तीय अनुशासन, पदको दुरुपयोग, कार्य जिम्मेवारी अनुसार कार्य सम्पादन गर्नुपर्ने, दान, उपहार, चन्दाआदि प्राप्त गर्न र सापटी लिन नहुने, शेयरमा लगानी गर्न नहुने, सञ्चार माध्यमसँगको सम्बन्ध, बोर्डका कामकाज वा समाचार प्रकाशन गर्न नहुने आदि व्यवस्थाहरु समावेश गरी आचारसंहिता लागूू गरिएको प्रष्ट्याएको छ ।
बोर्डले धितोपत्र बजारमा सुशासन कायम गर्ने उद्देश्यले बोर्डका कर्मचारीहरुको लागि आचारसंहिता लागू गरिसकेको तथा सूचीकृत संगठित संस्थाहरुको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तयार गर्ने क्रममा रहेको समेत जनाएको छ ।
बोर्ड सदस्यका लागि जारी आचारसंहिताको मुख्य बुँदा यस्ता छन्:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19