काठमाण्डौ । धितोपत्र बोर्डले सरकारले प्रस्तुत गरेको बजेटलाई सहयोग पुग्ने गरी एक नेपाली एक डिम्याट खाताको नारालाई अभियानको रुपमा संचालन गर्ने भएको छ ।
सोमबार २०७५/७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आगामी आर्थिक वर्षमा एक नेपाली एक डिम्याट खाताको अभियानलाई तीव्र रुपमा अगाडि बढाइने बताएका हुन् ।
यस्तै, उनले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा प्रवेश गराउने गरी २०७५/७६ लाई विशेष वर्ष बनाउने तथा खुलामुखी सामूहिक लगानी योजनालाई बजार प्रवेश गराउने, बोनस सेयर तथा हकप्रद सेयरको घोषणा तथा यस सम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउने, भुक्तानी सुनिश्चित कोष स्थापना तथा संचालन गराउने, इक्वीटी डेरिभेटिभ्स मार्केटको सुरुवात गर्ने, वस्तु विनिमय बजारको प्रतिस्पर्धी एवम् गुणात्मक रुपमा संचालन गराउने कार्यक्रम समेत समेटिएका छन् ।
यसैगरी, बैंक तथा बित्तीय संस्थाहरुबाट ऋण लिने ऋणि तथा स्थानीय स्तरबाट निश्कासन हुने नगरपालिका तथा सहरी विकास ऋणपत्रहरुको समेत क्रेडिट रेटिङका लागि आवश्यक समन्वय गर्ने नीति बोर्डले लिने भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago