काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रसारण गर्ने भएको छ ।
लगानीकर्ताको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, धितोपत्रबजार सम्बन्धी लगानीकर्ताहरुको गुनासा/समस्याहरु सुन्ने र सोको समाधान गर्दै जाने उद्देश्यले बोर्डले लगानीकर्ताहरुसँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रशारणको तयारी थालेको हो ।
सो रेडियो कार्यक्रम मासिक रुपमा रेडियो कान्तिपुरबाट प्रशारण गर्ने सम्बन्धमा नेपाल धितोपत्रबोर्ड र कान्तिपुर एफएम प्रालिबीच एक सम्झौता समेत भएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
“लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम” हरेक महिनाको पहिलो बुधबार बिहान ७ः३० बजेदेखि ८ः०० बजेसम्म रेडियो कान्तिपुरबाट प्रसारण हुनेछ ।
यस श्रृंखला पहिलो कार्यक्रम नयाँ वर्ष वि.स. २०७६ को सुरुवातमा यही बैशाख ४ गते बुधबार प्रसारण हुने भएको छ ।
साथै यो कार्यक्रमलाई क्रमशः पाक्षिक र साप्ताहिक रुपमा परिणत गर्दै प्रसारण गर्ने समेत बोर्डको योजना रहेको छ ।
बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजारका सम्बन्धमा जानकारी देशभरका सर्वसाधारणमा प्रवाह गरी उनीहरुलाई साक्षर बनाउन विश्व लगानीकर्ता सप्ताह, २०१८ (अक्टोवर १–७) को अवसर पारी यही वर्षको असोज महिनादेखि पाक्षिक रुपमा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान ७ः४० बजेदेखि ७ः५५ सम्म रेडियो नेपालमार्फत धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी कार्यक्रम प्रशारण गर्दै आइरहेको छ ।
रेडियो कार्यक्रमबाट धितोपत्र बजारमा लगानीकर्ता तथा सरोकारवालाहरुको समस्या/गुनासाहरु सुन्ने अवसर प्रदान भई सोकोे समाधान गर्न सहज हुनुका साथैबजार नियमन तथा सुपरिवेक्षणमा थप सहजता भई बजार विकासमा मद्दत पुग्ने बोर्डको दाबी छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago