- भक्तराज रसाइली
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६र७७ को तेस्रो नीति तथा कार्यक्रम आगामी साता सार्वजनिक गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन सम्पन्न गरिसकेर हाल नीति तथा कार्यक्रम निर्माणकार्यमा व्यस्त रहेका बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले यो साता नीति तथा कार्यक्रम प्रकाशित गर्न समय अभाव भएको र अर्को साता सार्वजनिक गरिने जानकारी दिए ।
आउँदो नीति तथा कार्यक्रममा वित्तीय समावेशी नीति तर्जुमा गर्ने, वित्तीय साक्षरता विभाग स्थापना गर्ने, टी प्लस थ्री राफसाफ घटाउँदै जाने, विदेशी नियमन निकायको सहयोगमा सहकार्य बढाउने, विदेशी विज्ञहरुको सहभागिता बढाउने, महिला लगानीकर्ताहरुलाई धितोपत्र खरिदबिक्रीमा विशेष सुविधा रहनेलगायतका विषयहरु समावेश हुने बिजशाला स्रोतको भनाइ छ।
नीति तथा कार्यक्रममा गत आर्थिक वर्षको धितोपत्र बजारको समीक्षा, बजार विकास तथा सुधारसम्बन्धी कार्यप्रगती समावेश हुने गरेको छ । समावेश भएका तिनै नीति तथा कार्यक्रममै टेकेर बोर्डले विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
आगामी नीति तथा कार्यक्रमका लागि बोर्डले गत असार ३ गते धितोपत्र बजारसम्बद्ध सरोकारवाला, विज्ञ तथा आर्थिक पत्रकारहरुबाट समेत राय सुझाव संकलन गरिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago