काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।
काठमाण्डौको एल्लो प्यागोडा होटलमा दिउँसो १ः३० बजे एक समारोहका बीच बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।
धितोपत्र बोर्डले प्रत्येक वर्षका लागि नीति तथा कार्यक्रम पहिलादेखि नै बनाउँदै आएको भए पनि अध्यक्षको रुपमा डा. रेवतबहादुर कार्की आएपछि मौद्रिक नीतिकै शैलीमा नीति तथा कार्यक्रम घोषणा गर्न थालिएको हो ।
त्यसरी सर्वसाधारण तथा लगानीकर्ताहरुलाई समेत साक्षी राखेर बोर्डले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमको यो तेश्रो संस्करण हो ।
नीति तथा कार्यक्रम केही दिनअघि सार्वजनिक गर्ने तयारी भए पनि अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन सम्पन्न गर्नुपर्ने बाध्यताका कारण केही दिन पछि पुगेको बताइएको छ ।
आउँदो नीति तथा कार्यक्रममा वित्तीय समावेशी नीति तर्जुमा गर्ने, वित्तीय साक्षरता विभाग स्थापना गर्ने, टी प्लस थ्री राफसाफ घटाउँदै जाने, विदेशी नियमन निकायको सहयोगमा सहकार्य बढाउने, विदेशी विज्ञहरुको सहभागिता बढाउने, महिला लगानीकर्ताहरुलाई धितोपत्र खरिदबिक्रीमा विशेष सुविधा रहनेलगायतका विषयहरु समावेश हुने स्रोतले उल्लेख गरेको छ ।
नीति तथा कार्यक्रममा गत आर्थिक वर्षको धितोपत्र बजारको समीक्षा, बजार विकास तथा सुधारसम्बन्धी कार्यप्रगती समेत समावेश हुने गरेको छ । समावेश भएका तिनै नीति तथा कार्यक्रममै टेकेर बोर्डले विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
आगामी नीति तथा कार्यक्रमका लागि बोर्डले केही दिनअघि धितोपत्र बजारसम्बद्ध सरोकारवाला, विज्ञ तथा आर्थिक पत्रकारहरुबाट समेत राय सुझाव संकलन गरिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago