काठमाण्डौ । रिक्त रहेको करिब एक महिनापछि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय समिति बनाइएको छ।
बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदलाई सिफारिस गर्ने अधिकारसहित राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फूयाँलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।
समितिमा सदस्यको रुपमा राजश्व सचिव शिशिर ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् ।
यो समितिले बोर्डका अध्यक्षका लागि खुल्ला दरखास्त आह्वान गर्नेछ । योग्यहरुले अध्यक्ष बन्न दरखास्त दिनेछन् । विभिन्न प्रक्रिया पूरा गरी यो समितिले तीनजनाको नाम छनौट गरी बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा सिफारिस गर्नेछ ।
यही समितिको सिफारिसका आधारमा अन्तिम तीन नाममध्येबाट एकजनालाई मन्त्रीपरिषदले बोर्डको अध्यक्षको रुपमा नियुक्त गर्नेछ ।
तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीको कार्यकाल असोज अन्तिम साता सकिएसँगै बोर्ड कार्यबाहकको रुपमा चलिरहेको छ ।
विभिन्न लगानीकर्ता संघसंगठनले बोर्डका अध्यक्ष नियुक्तिमा ढिलाई र चलखेल भएको भन्दै पारदर्शी ढंगले नयाँ अध्यक्ष नियुक्तिको व्यवस्था चाँडो मिलाउन सरकारसँग माग राख्दै आएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19