काठमाण्डौ । धितोपत्र बजारमा कारोबार गरी राफसाफ बाँकी रहेकाहरुको हिसाब राफसाफ गर्ने समयावधि आगामी असार मसान्तसम्म कायम गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । 

अर्थसचिव शिशिर ढुंगानाले मातहतका निकायहरुलाई यस्तो निर्देशन दिएका हुन् । 

यस्तै, धितोपत्र ऐन बमोजिम सूचिकृत कम्पनीहरुले बुझाउनुपर्ने विवरण बुझाउने म्याद समेत २०७७ असार मसान्तसम्मै कायम गर्न भनिएको छ ।