काठमाण्डौ । सरकारले पूूँजीबजारका लागि राहात भन्दै ल्याएको एउटा प्याकेजले बजारमा अन्यौल र अस्पष्टता सिर्जना गरेको छ । 

धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको सेटलेमेन्ट आगामी असार मसान्तसम्म कायम गर्ने सरकारी राहत प्याकेजले सेयर बजारसँग सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई अन्यौलग्रस्त बनाइदिएको हो । 

यो निर्णयले असार मसान्तसम्म नै सेयर कारोबार नहुुने हो कि भन्ने पनि अड्कलबाजी गर्न थालिएको छ भने यसलाई अदूूरदर्शी र हचुुवाका भरमा नबुुझी गरिएको निर्णय भनी सामाजिक सञ्जालहरुमा तीव्र आलोचना भइरहेको देखिन्छ ।

अर्थमन्त्रालयबाटै आएको राहात भएकाले यस विषयमा आफूू जानकार नभएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुुंगाना जिकिर गर्छन् ।

बोर्डभन्दा पनि अर्थमन्त्रालयबाट स्पष्ट हुुनुुपर्ने उनको तर्क छ । बोर्डले सरकारलाई दिएको सुझाव सम्भवतः अर्को चरणको राहात प्याकेज अन्तर्गत समेटिने उनको विश्वास छ । 

यता अर्थमन्त्रालयका प्रवक्ता उत्तर कुुमार खत्रीले यस विषयमा स्पष्ट पार्ने जिम्मेवारी नेपाल धितोपत्र बोर्डकै रहेको बताए । बोर्डले अर्थमन्त्राललयले नै स्पष्ट पार्नुुपर्ने धारणा आइसकेको भनी राखिएको थप जिज्ञासामा आज सार्वजनिक बिदा भएकाले आफूूले हेरेर मात्र भन्न सक्ने भन्दै पन्छिए ।

यसैबीच, स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाट गत चैत ९ गते आइतबार सम्पन्न धितोपत्र कारोबार लकडाउन खुुलेपछि सामान्य प्रक्रियाबाटै सेटलमेन्ट हुुने र त्यस्तो भ्रममा नपर्न स्टक ब्रोकर र लगानीकर्ताहरुलाई आग्रह गर्छन् । एकदिनको मात्र कारोबार राफसाफ हुुन बाँकी रहेकोले यसमा धेरै अन्यौलग्रस्त हुनुपर्ने कारण नै नरहेको उनको भनाई छ । 

यी राहातको प्याकेजका अलावा लगानीकर्तालाई कर र ब्रोकरलाई ब्याज छुुट हुुुनुुपर्नेमा उनले जोड दिए ।

सेयर बजार विज्ञ रविन्द्र भट्टराई सरकारले घोषणा गरेको राहातमा लकडाउनअघि राफसाफ हुन बाँकी कारोबारको राफसाफ २०७७ असारमसान्तसम्म गर्ने निर्णय उदेकलाग्दो घोषणा भएको टिप्पणी गर्छन् । सरकारको सल्लाहकारका रुपमा रहेको नेपाल धितोपत्र बोर्डलाई दिइएको सल्लाहको समेत उनले कडा आलोचना गरेका छन् ।

वास्तविक कुरा के हो त?
गत चैत ९ गते आइतबारसम्म सेयर बजार खुल्ला भई धितोपत्र कारोबार भएको थियो । सो दिन ४ लाख ८० हजार ५२७ कित्ता बराबर १९ करोड ४६लाख  ४२ हजार ९८४ रुपैयाँ रकमको कारोबार सम्पन्न भएकाले सोही दिनको मात्र सेटलमेन्ट हुुन बाँकी छ । 

चैत १० गते बजार खुले पनि राफसाफ भयो, तर धितोपत्र कारोबार भने हुुन पाएन, अनि चैत ११ गतेबाट देशव्यापी लकडाउन सुुुरु भएपछि हालसम्म पनि लकडाउन कायमै छ । चैत ९ गते साँझ नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार स्थगित हुने, तर सेटलमेन्ट भने यथावत रहन निर्देशन दिएको थियो । चैत ६ गते बिहीबार भएको कारोबार भने टीप्लस थ्री चक्रअनुुसार नै सोमबार सदाझैं कारोबार सेटलमेन्ट भइसकेको अवस्था छ  । 

अब गत चैत ९ गते आइतबार सम्पन्न धितोपत्र कारोबारको मात्र सेटलमेन्ट हुुन बाँकी छ, जुुन बजार खुुल्ने बित्तिकै सामान्य प्रक्रियाबाट नै हुुनेछ ।

घोषित राहात असल नियतले गरेको निर्णय, तर प्राविधिक ज्ञानको कमीले हचुुवाको भरमा गरिएको गलत निर्णय भएको जानकार बताउँछन् ।

स्रोतका अनुुसार यो विषयले बजारमा निकै ठूूूलो तहल्का र थुुप्रै अन्यौलता सिर्जना गरेकाले बोर्ड यसलाई नियमित गराउने पहलमा लागिएको बुुझिएको छ । नबुुझेरै गरिएको निर्णयमा सल्लाहको ड्राफ्ट बनाउँदा नै गल्ती भएको स्रोतको दाबी छ ।

हिजो भर्खरै आएको यो राहातले सेयर बजारलाई झन् अन्यौल सिर्जना मात्र गरेको छैन, नियामक नेपाल धितोपत्र बोर्ड र अर्थमन्त्रालय पूूँजीबजारबारे कति जानकार छ छैन भन्ने विषयमा समेत प्रश्नचिन्ह खडा गरेको छ । 

एकदिन मात्रैको सानो रकम करिब १९ करोड रुपैयाँमात्र सेटलमेन्ट गर्न असार मसान्तसम्म म्याद दिँदा चैत १० गतेअगावै सेटलमेन्ट भए पनि लगानीकर्ताहरुले ब्रोकरलाई पैसा नबुुझाएको हुुनसक्छ वा ब्रोकरबाट चेक नलिएको पनि हुुन सक्छ । यो अव्यवहारिक राहात प्याकेजले बजारको विश्वसनीयतमा पनि आँच आउने जानकारहरु दाबी गर्छन् ।