काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम आगामी आइतबार सार्वजनिक गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम आगामी साउन ४ गते आइतबार दिउँसो ३ बजे वेबिनारमार्फत सार्वजनिक गर्ने जनाएको हो। बोर्डको अफिसियल फेसबुक पेजमार्फत समेत लाइभ प्रशारण गर्ने बोर्डको तयारी छ।

बोर्डद्वारा सार्वजनिक हुने नीति तथा कार्यक्रममा गत आर्थिक वर्षमा बोर्डद्वारा भएका कार्यहरुको समीक्षा र चालु आर्थिक वर्षमा गर्ने योजना तथा कार्यक्रमहरु समावेश हुन्छन्।