– भक्तराज रसाइली
काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम आज आइतबार सार्वजनिक गर्दैछ।
बोर्डले चालू आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम आज दिउँसो ३ बजे वेबिनारमार्फत सार्वजनिक गर्ने जनाएको हो।
कार्यक्रम बोर्डको अफिसियल फेसबुक पेजमार्फत फेसबुक पेजको लिंक :https://www.facebook.com/SebonOfficial/ मा लाइभ प्रशारण गर्ने बोर्डको तयारी छ।
कोमोडिटी बजार र ऋणपत्रको कारोबारलाई यस आर्थिक वर्षमा सक्रिय बनाइने नीति तथा कार्यक्रममा विशेष प्राथमिकतामा राखिएको बोर्ड अध्यक्ष डा भीष्मराज ढुंगानाले जानकारी दिए। रियल सेक्टरलाई बुक बिल्डिङ विधिमार्फत पूँजीबजारमा यसै वर्षदेखि ल्याउन बोर्डको पहल रहने उनको भनाइ छ।
यस्तै धितोपत्रसम्बन्धी विभिन्न ऐनमा सुधार ल्याउने, सेन्ट्रल केवाईसी लागू गर्ने यस आर्थिक वर्षका कार्यक्रममा समावेश गरिएको ढुंगानाले बताएका छन्। कारोबार प्रणालीलाई पूर्ण अनलाइन बनाउनेतर्फ बोर्डको प्रमुख प्राथमिकता रहेको उनले जिकिर गरे।
बोर्डद्वारा सार्वजनिक हुने नीति तथा कार्यक्रममा गत आर्थिक वर्षमा बोर्डद्वारा भएका कार्यहरुको समीक्षा र चालू आर्थिक वर्षमा गर्ने योजना तथा कार्यक्रमहरु समावेश हुन्छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago